लन्डन । ०८ डिसेम्बर मङ्गलबार साँझ बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष टप ८ मा पर्न सफल भएका छन् ।
नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणमा टप ८ मा पर्न सफल भएका हुन् ।
धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी रहेको सो प्रतिस्पर्धी उनले चुनौतीको रुपमा लिएको बताए ।
लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् ।
इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् सन्तोष ।
सन्तोषले आफ्नो पाक कला देखाएर ८ मा पर्न सफल भएका छन् ।
सेमी-फाइनलमा सन्तोषले बन तरुल र कट्टरको बिया , स्याऊको चट्नी , प्याजको अचार , काक्रोको बिया बनाएका थिए ।
सो संस्करणमा सन्तोषले पाककला मार्फत आफुलाई प्रतिस्पर्धाको लागि सर्वश्रेष्ठ प्रस्तुत गर्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्