प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको बैठकमा सोमबार विश्वासको मत लिँदै उनले भारी बहुमतसहित विश्वासको मत पाएका हुन् ।
कोशी प्रदेश नामकरणविरुद्ध विराटनगरमा जनप्रदर्शन जारी छ । आइतबार मात्र प्रदेशका विभिन्न ठाउँबाट भएका हजारौंको संख्यामा भेला भएका पहिचान पक्षधरहरुले मुख्यमन्त्री कार्यलय घेराउ गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालिन घटनालाई नियमित अदालती प्रक्रियामा लिए प्रचण्डमात्रै नभएर तत्कालिन सात राजनीतिक दलका नेताहरु पनि जिम्मेवर रहेको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । शनिबार अपराह्न वसन्तपुरस्थित कुमारी घर पुग्नुभएका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।