चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को महासचिबमा निर्वाचित भएका चिनियाँ राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् । सीपीसीको २०औं केन्द्रीय समितिको सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी जिनपिङ महासचिवमा निर्वाचित भएका हुन् ।
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले सत्तारुढ कन्जरभेटिभ पार्टीको लिडरबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले ल्याएका नीतिहरुले बेलायती अर्थतन्त्रमा उथलपुथल मच्चाएपछि पदभार सम्हालेको ६ हप्तामै उनले राजीनामाको घोषणा गरेकी हुन् ।
दिवंगत बेलायतकी महारानी एलिजावेथको शवलाई सेप्टेम्बर १९ दिन बिहान अन्त्येष्टि गरिने भएको छ । शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा रहेको होलिरूड हाउसमा ल्याइएको छ । स्कटल्याण्डको बालमोरल दरबारबाट गाडीमा शव ल्याउन ६ घण्टा लागेको थियो ।
ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले सत्तारुढ कन्जरभेटिभ पार्टीकी नयाँ नेता मेरी एलिजाबेथ ट्रस (लिज ट्रस)लाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्।