Advertisement

प्रधानमन्त्रीको दशैं सन्देश- सभ्य र सुसंस्कृत समाज निर्माणमा अग्रसर होऔँ

8 घण्टा अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबैले अग्रसर हुनुपर्ने बताएका छन् । वडादशैंको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालीहरू राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराएका छन् ।

‘यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रूपमा विकास पनि गर्नुछ। यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानका छौँ। यस अभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस्।‘ प्रधानमन्त्री ओलीले दशैं मनाइरहँदा स्वास्थ्य, मित्रता, सामाजिक शान्तिलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्न नहुने कुरामा विशेष जोड दिएका छन्। ‘छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने, परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया ममता र सद्भाव फैलियोस् भन्ने तर्फ सबैको ध्यान हुनु जरुरी छ। यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीले आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले चाडहरू बढी खर्चालु नबनाउन सबैलाई आग्रह गरेका छन्।

‘हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ। यसमा पनि ध्यान दिन जरुरी छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी नेपालीहरुको महान र परम्परागत चाड वडादशैंका उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाई दिदीबहिनीहरुमा हार्दिक एवं मंगलमय शुभकामना व्यक्त गर्दछु।’ प्रधानमन्त्री ओलीले दशैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड भएको उल्लेख गरेका छन्।

‘दशैं आफन्तहरूको बीचमा, छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकताका साथ मनाइने चाड हो’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यो चाड आफूभन्दा ठूलाहरूबाट आशीर्वाद लिने सानाहरूलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो। यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ। भव्यताका साथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरूलाई तोड्दै जानुपर्ने पनि आवश्यकता छ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement