Advertisement

बीरेन्द्रको बंश विनासजस्तै यी हुन् नेपालका ठूला नरसंहार

8 घण्टा अगाडी

काठमाडौं । नेपालको राजपरिवारको एउटा वंश विनास भएको १८ वर्ष वितेको छ । २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको कहालीलाग्दो दरबार हत्याकाण्डको रहस्यमै छ ।

तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको घटनाले विश्वमै सनसनी मच्चाएको थियो । नारायणहिटी दरबार हत्याकाण्डका नामले चिनिने यो हत्याकाण्डको रहस्यका बारेमा अझै नागरिकले विश्वसनीय आधार पाउन सकेका छैनन ।

जेठ १९ को शुक्रबारको दिन नारायणहिटी दरबारभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।

तर नेपालको राजसंस्था र यससँग जोडिएका ठूला नरसंहारहरु अन्य पनि रहेको पाइएको छ । जसलाई सुन्दा र पढ्दा पत्याउनै गाहो हुन्छ ।नेपालमा कुनै पनि राजवंशको उदय हुनुको पछाडि एउटा भयानक षड्यन्त्रपूर्ण हत्या काण्ड वा सामूहिक नरसंहार जिम्मेवार रहेको कुरामा सबैजसो इतिहासकार पनि सहमत छन् ।

यस्तो सिलसिलामा पहिलो ठूलो नरसंहार च्यासलको नरसंहार मानिन्छ जसमा लिच्छविहरूले किराँतीहरूको सामूहिक हत्या गरेका थिए । भनिन्छ त्यतिबेला उक्त हत्याकाण्डमा ८ सयभन्दा बढी किराँती मारिए ।

नेपाल एकीकरणपछि भएको सबैभन्दा ठूलो हत्याकाण्ड कोत पर्वलाई मान्ने गरिएको छ । जंगबहादुरको उदय गराउने कोत पर्व विक्रम सम्वत १९०३ असोज २ गते मध्यरातमा भएको थियो । उक्त घटनामा त्यतिबेलाको नेपालका ४ सयभन्दा बढी शक्तिशाली भारदारको हत्या गरिएको थियो ।

कोत पर्व भए लगतै जंगबहादुरलाई मार्न रचिएको षड्यन्त्रपूर्ण घटनामा २३ जनाको हत्या भएको थियो । विक्रम संवत १९०३ को कात्तिक तिर भएको उक्त घटनापछि जंगबहादुर राणा निकै शक्तिशाली रूपमा देखा परेको पाइन्छ ।

त्यस्तै विक्रम संवत १९३८ सालमा तत्कालीन अधिराजकुमार नरेन्द्रवित्रम शाहले तत्कालीन प्रधानमन्त्री रणोदिप सिंह र उनका भाइ धीरशमशेरका शाखा–सन्तानलाई तराईमा शिकार खेल्न गएको बेला मार्ने योजनाको पोल खुलेपछि धीरशमशेरले योजनामा संलग्न ४१ जनाको सामूहिक हत्या गरेका थिए ।

यस घट्नालगत्तै नरेन्द्रविक्रम शाहको योजनामा संलग्न संग्रामसूर विष्टसहित उनका पाँचजना नातेदार तथा तीनजना अन्य सहयोगीसहित ८ जनाको खुकुरीले काटेर हत्या गरिएको थियो ।

विस १९४२ मा वीरशमशेर तथा उनका भाइहरुले नेपालको सत्ता आफ्नो हातमा लिन आफ्नै काका तत्कालिन प्रधानमन्त्री रणोदिप सिंह तथा जंगबहादुरका छोराहरूको सामूहिक हत्या गरे ।

कोत पर्व हुनुभन्दा ५५ वर्षअघि नेपालका तत्कालीन शक्तिशाली भारदार त्रिभुवन खवासको घरमा आयोजना गरिएको भोजका क्रममा तत्कालीन राजा रणबहादुर शाहसँग भएको भनाभनका क्रममा आफ्नै भाइ शेरबहादुर शाहले रणबहादुर शाहको हत्या गरेपछि त्यहीं दलबलसहित रहेका भीमसेन थापाले शेरबहादुर शाहसहित लगभग ५० जनाको सामूहिक हत्या गरे । उक्त घटनापछि भीमसेन थापा नेपालको राजनीतिमा सर्वसत्तावादीका उदाएका थिए ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement