Advertisement

प्रधानमन्त्री ओलीविरुद्ध योजनाबद्ध घेराबन्दी सुरु !

8 घण्टा अगाडी

काठमाडौं । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली काम देखाउने तत्परता लिँदै छन्, यति नै बेला प्रधानमन्त्री ओलीविरुद्ध सूक्ष्म घेराबन्दी शुरु भएको छ ।

‘घटना र विचार’ले गरेको विश्लेषण अनुसार देखिने गरी सरकारको पक्षमा बोल्ने, तर भित्रभित्रै ओलीलाई घेराबन्दीमा पार्ने योजना उनको आफ्नै दल नेकपाभित्र बनेको छ ।

वरिष्ठ नेता वामदेव गौतम खुलेआम केपीविरुद्ध सक्रिय भएका छन् भने झलनाथ खनाल शालीनतापूर्वक घेराबन्दीको निर्माणमा लागेको पाइएको छ ।

केही समययता प्रचण्ड केपीसँग ‘मित्रता’ बढाउँदै सरकारको रक्षा गर्न कस्सिएर लागेका देखिन्छन् । तर, उनी पनि पर्दापछाडि केपीविरुद्धको घेराबन्दी निर्माणमा लागिपरेका छन् । हुँदाहुँदा माधवकुमार नेपालसमेत सरकारको पक्षमा बोल्दै केपीलाई विस्थापित गर्ने योजनामा रहेको पाइएको छ ।

यतिखेर नेकपाभित्र प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, भीम रावल र घनश्याम भुसाललगायतका नेताहरू यथाशीघ्र केपीलाई सरकारबाट हटाउने गृहकार्यमा जुटेका छन् ।

संसदीय दलमा बहुमत जुट्नेबित्तिकै संसदीय दलको नेता पदबाट ओलीलाई विस्थापित गरेर अघि बढ्ने योजनाका साथ उल्लिखित नेताहरू क्रियाशील भएका छन् ।

कतिपय मन्त्रीहरूसमेत ओलीविरुद्ध भएको र सरकारले वर्ष दिन पूरा गरेपछि नेतृत्व बदल्ने तत्परता लिन लागेको बुझिएको छ । यसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनको आफ्नै दलभित्र घेराबन्दी शुरु भइरहँदा दुवैतर्फका छिमेकी मुलुकहरूसँगको सम्बन्धमा पनि असन्तुलनको अवस्था पैदा भएको छ ।

एसिया प्यासिफिक (इसाई) सम्मेलनमा सरकारको सहभागिता र इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा जाने तत्परतापछि भारत र चीन दुवै मुलुकहरू केपीप्रति सशङ्कित भएको बताइन्छ ।

ओलीविरुद्ध योजनाबद्ध घेराबन्दी शुरु भइसकेकोले वर्तमान सरकारले तीनदेखि ६ महिनाभित्रै ‘बिदा पाउने’ अनुमान विश्लेषकहरुले गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement