Advertisement

प्रधानमन्त्रीको बचाउ गर्दै अर्थ मन्त्रालयले निकाल्यो नयाँ तथ्यांक

1 दिन अगाडी

काठमाडौं । अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधन तथ्यमा आधारित रहेको स्पस्ट पारेको छ ।

उनले सम्बोधनकाक्रममा उल्लेख गरेका केही तथ्यांकबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो ।

मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा वार्षिक विन्दुगत आधार मूल्य ४.२ प्रतिशत रहेकामा पहिलो पाँच महिनामा मूल्य वृद्धिदर ३.७ प्रतिशतमा झरेको जनाएको छ ।

गत आवको पहिलो पाँच महिनामा त्यस्तो वृद्धि ४.२ प्रतिशत थियो । यस्तै, चालू आवको पहिलो पाँच महिनामा राजश्व असुलीको वृद्धिदर ३२ प्रतिशत छ ।

साविकमा केन्द्रीय कोषमा जम्मा भएका केही करका क्षेत्र तथा सवारी रजिष्ट्रेसन, घरजग्गा बहालकर प्रदेश र स्थानीय तहमा हस्तान्तरणपश्चात् उक्त वृद्धि भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, महालेखा नियन्त्रण कार्यालयको २०७५ मंसिरसम्मको तथ्यांकअनुसार चालू आवको पाँच महिनामा कुल खर्च सात प्रतिशतले वृद्धि भएकामा चालू खर्च १३ प्रतिशतले घटेको र पुँजीगत खर्च २५।३ प्रतिशतले वृद्धि भएको छ ।

कुल खर्चको वृद्धिदर कम हुनामा चालू खर्चमा गरिएको मितव्ययिता र अघिल्लो वर्षको यसै अवधिमा भएको निर्वाचन खर्च प्रमुख कारण हो भन्ने मन्त्रालयको ठहर छ ।

विप्रेषण आयतर्फ आर्थिक तथा औद्योगिक क्रियाकलापमा क्रमशः वृद्धि हुँदै गएका कारणलेसमेत वैदेशिक रोजगारीमा जानेको संख्या चालू आवको पहिलो चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले घटेपनि सोही अवधिमा विप्रेषण आयमा ३६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार चालू आवको चार महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भइ रु तीन खर्ब ३१२ अर्ब २६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भइ रु तीन खर्ब ५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०।५ प्रतिशतले घटेको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement