Advertisement

‘सत्ता प्राप्त गरेपछि कम्युनिष्ट पार्टी निरंकुश बन्न थाले’

13 मिनेट अगाडी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्ता नभएको बताएका छन् ।

तत्कालीन नेकपा एमालेकी नेतृ सहाना प्रधानको पाँचौँ स्मृति दिवसका सन्दर्भमा सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा उनले विचार र सिद्धान्तका हिसाबले कम्युनिष्ट कमजोर बन्दै गइरहेको बताए ।

उनले कम्युनिष्टहरु आदर्श र निष्ठाबाट बिचलित हुँदै गएकाले नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्तो नभएको प्रष्ट पारे ।

आफूले बोलेका कुराले दोहोरो अर्थ लाग्नेगरी चर्चा भए पनि आफुले बोल्ने कुरा सत्य नै हुने उनको भनाइ थियो । उनले पछिल्लो समयमा कम्युनिस्ट पार्टी र अन्य पार्टी छुट्याउनका लागि जनतालाई गाह्रो पर्ने अवस्था आएको बताए ।

सत्ता प्राप्त गरेपछि कम्युनिष्ट पार्टी पनि निरंकुश हुन थालेको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले जनताको चाहनाअनुसार काम गर्न नसकेको पनि स्वीकार गरे । उनले पूर्वी युरोपको समाजवादी सत्ता धराशायी बनेझैँ नेपालको कम्युनिस्ट आन्दोलन पनि धराशायी बन्दै जाने खतरा बढेको बताए ।

उनले दुई ठूला कम्युनिस्ट पार्टी एकतावद्ध भएपछि पनि कम्युनिष्ट पार्टीले गति लिन नसकेको भन्दै त्यसका लागि नेतृत्वकै कमजोरी रहेको बताए । अध्यक्ष दाहालले गुटैगुट बनाएर आपसमा लड्न पार्टी एकता नगरेको पनि प्रष्ट पारे ।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै समाजवादभन्दा अन्य विकल्प नभएको प्रष्ट पारे । उनले कम्युनिष्ट पार्टीका नेताहरुले आफ्नै बोलीबिरुद्ध पनि संघर्ष गर्नुपर्ने समय आएको बताए ।

दाहाल र खनालले साहना प्रधान नेपालको कम्युनिष्ट आन्दोलनको अग्रणी नेता भएको बताए । साहनाको आदर्श र निष्ठाबाट नेपालका कम्युनिष्टहरुले धेरै सिक्न बाँकी रहेको भन्दै उनीहरुले महिला आन्दोल, शैक्षिक आन्दोलनको अग्रणी नेताका रुपमा सहाना प्रधानको स्मरण गरे ।

सहानाका छोरा उमेश श्रेष्ठले भने बर्षमा एक दिन गरिने सरकारी श्राद्धले साहना प्रधानको सपना पुरा नहुने बताए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement