Advertisement

१३औं साग हेर्न ‘इसेवा’बाट टिकट: १८ हजार ९३३ सुरक्षाकर्मी परिचालन

43 मिनेट अगाडी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ ।

सोअनुसार दर्शकले इसेवाबाट टिकट लिएरमात्र खेलहरु हेर्न पाउनेछन् । सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको हो ।

इसेवाका सीइओ रोशन लामिछानेले टिकट अनलाइनबाटै लिनुपर्ने बताउँदै यसबाट सुरक्षा संवेदनशीलता र पारदर्शी हुने बताए ।

टिकट बिक्रीको रकममध्ये १५ प्रतिशत इ–सेवाले पाउने र त्यसबाट ७ प्रतिशत रकम सेवा विशेषका लागि कुनै संस्थालाई राहत उपलब्ध गराउने जनाइएको छ ।

दशरथ रंगशालामा हुने फुटबलका लागि ‘राउन्ड रोबिन’का खेलको प्रतिटिकटको दर साधारण पारापिटतर्फ ५०० र भीआइपीतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

फुटबल फाइनलमा भने साधारणतर्फ एक हजार र भीआइपीतर्फ दुई हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिने जनाइएको छ ।

भलिबल र बास्केटबलका लागि ५०० रुपैयाँको टिकट निर्धारण गरिएको छ । क्रिकेटमा नेपालको खेल भएको दिन ५०० र अरु खेलमा २०० रुपैयाँ प्रतिटिकट शुल्क तोकिएको छ ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रंगशालामा १५ हजार ९०० सिट भएपनि १४ हजारमात्र टिकट बिक्री गरिने बताए । सागमा १९ हजार सुरक्षाकर्मीले सुरक्षा व्यवस्था मिलाउने भएका छन् ।

साग प्रचारप्रसार तथा प्रकाशन समितिले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा साग सुरक्षा समिति संयोजक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १८ हजार ९३३ सुरक्षाकर्मी परिचालन गरिने बताए ।

उनले काठमाडौं उपत्यकाभित्र १६ हजार र बाँकीले पोखरा र जनकपुरमा सुरक्षा दिने जानकारी दिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement