Advertisement

१२ वर्षीया बालिका गर्भवती, पेटमा ८ महिनाको बच्चा

1 महिना अगाडी

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकामा एक १२ वर्षीया बालिका गर्भवती भएको पाइएको छ ।

११ वर्षमा विवाह भएकी बालिकाको पेटमा ८ महिनाको बच्चा भएको घटना सार्वजनिक भएसँगै यसप्रति प्रधानमन्त्री कार्यालयलेसमेत चासो देखाएको छ ।

बालिकाको थप स्वास्थ्य परीक्षणका लागि काठमाडौं लगिएको छ । काठमाडौं ल्याएर थापाथलीस्थित प्रसूतिगृहमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनलाई अस्पताल ल्याइएको हो । सामान्यतयाः महिलाको प्रजनन् क्षमताको उमेर १५ वर्षदेखि ४९ वर्षसम्मको मानिन्छ ।

त्यसमा पनि स्वास्थ्यका दृष्टिकोणले हेर्दा १९ वर्षभन्दामुनिका महिलाले बच्चा जन्माउनु त्यति राम्रो हुँदैन ।

तर, मकवानपुरको कैलाश गाउँपालिका डुमरेकी १२ वर्षीया गंगामाया चेपाङको पेटमा ८ महिनाको बच्चा भएको कुरा सार्वजनिक भएको छ  ।

कलिलै उमेरमा गर्भवती भएकी बालिकाको स्वास्थ्य जोखिमका विषयमा सर्वत्र चासो र चिन्ता देखिएको छ । अझ अचम्मको कुरा त बालिकाको विवाह आफूखुसी नै भएको थियो ।

कक्षा–४ मा पढ्दा–पढ्दै ११ वर्षको उमेरमा उनको गाउँकै किशोरसँग विवाह भएको स्वयं बालिकाको भनाइ छ ।

यति कलिलै उमेरमा बालिका गर्भवती भएको हुँदा उनको स्वास्थ्यमाथि पर्ने असरबारे चिन्ता र चासो बढ्दै गएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा उनलाई हेटौंडा अस्पतालमा ल्याइएको थियो ।

बालिकाको तत्कालको स्वास्थ्य अवस्था सामान्य देखिएपनि कलिलो उमेरमा आमा बन्न लागेकाले खतरा पनि उत्तिकै रहेको उपचारमा संलग्न डा। निशा राई बताउँछिन् ।

मकवानपुर, राक्सिराङ गाउँपालिका–३ स्थित माइतीको घरमा बस्दै आएकी गंगामायाका श्रीमान् भने घरको गाउँबाहिर दैनिक ज्यालादारीको काम गर्छन् ।

सानै उमेरमा गर्भवती बन्दा दीर्घकालीनरुपमै स्वास्थ्यमा चुनौती भएपनि यस्तो घटना पहिलोपटक भने नभएको डाक्टरहरुको भनाइ छ ।

कानुनी र स्वास्थ्यका दृष्टिलेसमेत प्रतिकूल यस्ता घटनालार्ई रोक्न सबैभन्दा पहिले उपयुक्त उमेरमा विवाह गर्न आवश्यक छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement