Advertisement

सुशीला कार्कीमाथि १२ आरोप, एमाले रुष्ट


काठमाडौं । सत्ताधारी दलहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍मा आइतबार दर्ता गराएको महाभियोग प्रस्तावमा उनको आचरणदेखि कार्यक्षमतामाथि प्रश्न उठाइएका छन् ।

महाअभियोगले नेपाली राजनीतिमा नयाँ हलचल सिर्जना गरेको छ । विपक्षी दल एमालेले आक्रोश ब्यक्त गरिरहेको छ । कार्कीविरुद्ध महाभियोग दर्ता भएलगत्तै एमाले नेताहरु एक ठाउँमा भेला भएका छन् ।

एमाले सचिव योगेश भट्टराईले कार्कीमाथि महाभियोग लगाउनु न्यायपालिकामाथिको ठाडो हस्तक्षेप, संविधानले व्यवस्था गरेको शक्तिपृथकीकरण सिद्धान्तको हत्या र अधिनायकवादी कदम हो, भनेका छन् ।

एमालेले यसको डटेर सामना गर्ने भन्दै भट्टराईले एमालेले संसदमा यो प्रस्ताव फेल गराउन बताए । उनले भने, ‘यो प्रस्ताव फिर्ता लिनु पर्छ । नभए काँग्रेस र माओवादीले ठूलो मूल्य चुकाउनु पर्ने छ ।’

भट्टराईले नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश भएकी सुशीला कार्की स्वच्छ छवि र निडर भएकाले भ्रष्टाचारीहरुले वदला लिन खोजेको बताए ।

उनले भने, ‘यो सिंगो नेपाली महिलाको अपमान हो । पहिलो महिला प्रधानन्यायाधीश त्यसमाथि निष्कलंक छवि भएको व्यक्तिमाथि महाभियोग लगाउनु आफैमा अपराध हो ।’

उहाँलाई महाभियोग लगाउनु पर्ने कुनै कारण छैन । भ्रष्टाचारीहरु कारबाहीका दायरामा आउने डरले त्रसित भएकाले नियोजित रुपमा महाभियोग लगाइएको हो, भट्टराईले भने ।

यस्ता छन् आरोपहरुः
-सरकारको कार्यकारी अधिकारमा हस्तक्षेप हुने गरी प्रहरी नियमावली हुँदै नभएको प्रवधान उल्लेख गरी सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने अधिकारमाथि हस्तक्षेप हुने गरी फैसला गरेको

-कार्यसम्पादन मूल्यांकनमा दोस्रोमा रहेकालाई पहिलो र बढी अंक पाएकोलाई दोस्रोमा रहेको भन्ने तथ्यलाई तोडमोड गरी झूटो कुरा उल्लेख गरी फैसला गरेको

-न्यायालयको स्वतन्त्रता र स्वच्छतामा प्रश्न उठ्ने गरी बारम्बार आफू समेत संलग्न भइ सर्वोच्च अदालतमा अन्य १९ जना न्यायाधीश हुँदा हुँदै सीमिति न्यायाधीशलाई पटक(पटक राखेर इजलास गठन गरेको

-न्यायाधीशहरुलाई आफूले भने जस्तो आदेश फैसला गर्न निर्देशन दिएको

-न्याय सम्पादनमा महत्वपूर्ण र पालना नगरी नहुने कार्यविधि कानुनको पालना नगरेको

-न्यायालयको गरिमा स्वतन्त्रता र स्वच्छतामा आँच पुर्याएको

-शक्ति पृथकीकरणको सिद्धान्तको पालना नगरेको

-न्याय सम्पादन गर्दा स्वतन्त्रतापूर्व नगरेको र स्वतन्त्रतापूर्वक न्याय सम्पादन गर्न सक्ने वातावरण प्रदान नगरी अनुचित हस्तक्षेप र दवाव दिएको

-संविधानको धारा १०१ को उपधारा ९२० मा व्वस्था भए बमोजिम इमानदारीपूर्वक कर्तव्य पालना नगरेको

-कार्य क्षमताको अभाव भएको, खराब आचरण भएको

-न्यायाधीशहरुले पालना गर्नुपर्ने आचारसंहिताको गम्भीर उल्लंघन भएको

-कानूनको मान्य सिद्धान्तको पालना नगरी विभिन्न आदेश फैसाला गरेको, न्यायालयमा गुटबन्दी गरेको ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement