Advertisement

सुनको भाउमा दैनिक नयाँ रेकर्ड : नेपालमा ब्यापार सुस्तायो

18 मिनेट अगाडी

काठमाडौं । दैनिक जसो नयाँ रेकर्ड मुल्य कायम भएको सुनको भाउ आज पनि उकालोे लागेको छ ।

अन्तर्राष्ट्रियय बजारलाई पच्छ्याउदै आज(बुधबार) स्थानीय बजारमा छापावाल सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ सय रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो १ हप्तामा सुनको मुल्य करिब ४ हजारले वृद्धि भएको हो । मंगलबार तोलामा २ सयले वृद्धि भई ६८ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको भाऊमा पनि बृद्धि भयो । चाँदीको भाऊ पनि तोलामा १५ रुपैयाँले बृद्धि भइ ८ सय १० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स १४ सय ९७ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

चीन र अमेरिकाबीच बढ्दो व्यापारिक विवादलगायतका कारण पछिल्लो समय सुनको भाउमा उच्च वृद्धि आएको विश्लेषण व्यवसायीहरुको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष्य तेजरत्न शाक्य पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्नुमा चीन र अमेरिकाबीच बढ्दो विवाद नै मुख्य कारण रहेको दाबी गर्छन् ।

यस्तै अवस्था रहे मूल्य अझै आकाशिनसक्ने उनको आँकलन छ । सुनको मूल्यवृद्धिसँगै स्थानीय बजारमा कारोबार भने सुस्ताएको व्यवसायीहरुको भनाइ छ ।

यतिखेर पुराना गरगहना बिक्री गर्ने ग्राहकहरुमात्र आउने गरेको तर नयाँ गहना बनाउने ग्राहकहरु उल्लेख्यदरले घटेको उनको भनाइ छ ।

नयाँ गहना बनाउन नआएकाले सुनको माग घटेको छ । औसत दिनका तुलनामा यतिखेर २५ प्रतिशत पनि कारोबार हुन मुस्किल परेको शाक्य बताउँछन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement