Advertisement

यी नेताहरुले गरे पहिलो चरणमा मतदान, कसले कहाँबाट गरे ?


काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यो मतदान केन्द्रबाट उनी मतदान गर्ने पहिलो मतदाता भएका छन् । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस समर्थनमा रेणु दाहाल मेयरका उम्मेदवार छिन् । प्रधानमन्त्री दाहाल मतदानका लागि सपरिवारसहित शनिबार नै भरतपुर पुगेका थिए ।

पूर्व प्रधानन्यायाधीश एवम् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रबाट मतदान गरेका छन् ।

रेग्मीले आफैं मन्त्रिपरिषद्को अध्यक्ष भएर गराएको २०७० साल मंसिर ४ गतेको निर्वाचनमा पनि यही केन्द्रबाट मतदान गरेका थिए ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नं १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरे ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरको दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिका वडा नं २ स्थित सत्यवती मावि र महामन्त्री डा। शशांक कोइरालाले काठमाडौं महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्रमा पुगेर मतदान गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जौबारी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मतदान गरेका छन् ।

सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट ककनी गाउँपालिका वडा नं २ स्थित ओखरपौवा केन्द्र, ऊर्जामन्त्री जनार्दन शर्माले रुकुमको मुसीकोट नगरपालिका वडा नं ६ शेरेगाउँस्थित यमुनानन्द नमुना मावि केन्द्र, परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित ठाँटीभञ्ज्याङ केन्द्र, उद्योगमन्त्री नवीन्द्रराज जोशीले महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्र र स्वास्थ्यमन्त्री गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङको खासाङ गाउँपालिका वडा नं ३ लेतेस्थित जनोदय मावि केन्द्र, वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले तनहुँको भानु नगरपालिका वडा नं ९ स्थित कालिका मावि केन्द्र र महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका वडा नं १६ अमरेस्थित चण्डिका प्रावि मतदान केन्द्रमा मत हालेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन् ।

मुख्यसचिव डा। सोमलाल सुवेदीले महानगरपालिका वडा नं १४ कलंकीस्थित ब्लुरेन इङ्लिस बोर्डिङ स्कुल र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले ललितपुर महानगरपालिकाको यातायात व्यवस्था वाग्मती अञ्चल कार्यालय मतदान केन्द्रबाट मत दिएका छन् ।

नेपाली कांग्रेसका काठमाडौं महानगर प्रमुखका उम्मेदवार राजुराज जोशीले महानगरपालिका वडा नं २६ को यट्खा टोल केन्द्र र उपप्रमुख पदकी उम्मेदवार हरिप्रभा खड्गीले वडा नं २८ स्थित पद्मकन्या बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरेकी छन् ।

त्यसैगरी नेकपा एमालेका काठमाडौं महानगरका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले लगनटोलबाट मतदान गरेका छन् ।

काठमाडौं महानगरपालिकाका लागि साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापा र विवेकशील नेपाली पार्टीकी मेयरकी उम्मेदवार रञ्जु दर्शनाले पनि आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

यसैगरी उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, विमलेन्द्र निधि र कृष्णबहादुर महराको मतदाता नामावली रहेको प्रदेशमा पहिलो चरणमा निर्वाचन हुँदैन ।

यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पहिलो चरणमा मतदान गरेनन् ।

पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नामावली पनि रौतहट जिल्लामा रहेकाले जेठ ३१ मा हुने निर्वाचनमा मात्र मतदान गर्नेछन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement