Advertisement

यसकारण विश्वसामू ‘झुक्न’ तयार भएन कतार


एजेन्सी । विभिन्न खाडी मुलुकले कतारसँगको सम्बन्ध तोडे पनि उसलाई दीर्घकालिन रुपमा कसैले पनि झुकाउन सक्ने अवस्था छैन । सानो मुलुक भएर पनि सम्पन्न मुलुकको सूचीमा रहेको कतारसँग प्राकृतिक ग्याँसको भण्डार नै छ ।

प्राकृतिक ग्यासको भण्डारकै कारण कतारले छोटो समयमा ठूलो आर्थिक वृद्धि हासिल गरेको हो भने कतारबाट निर्यात हुने प्राकृतिक ग्यास कयौं मुलुकको जीवनको अंग बनेको छ ।

प्राकृतिक तरल ग्यास निर्यातकर्तामा कतार विश्वकै सबैभन्दा ठूलो मुलुक हो । विभिन्न देश कतारबाट निर्यात हुने प्राकृतिक ग्यासमा निर्भर छन् । कतारमाथि हाल देखिएको संकटलाई पनि यही अस्त्रले उकास्न सक्ने विश्लेषकहरु बताउँछन् ।

कतारबाट आपूर्ति हुने यही ग्यासको मद्दतले ब्रिटेनलाई जाडो छल्न मद्दत गर्दछ । घरलाई न्यानो बनाउन यो ग्यास प्रयोग गरिन्छ । यस अतिरिक्त एशियाली मुलुकलाई इन्धन पनि कतारबाट आपूर्ति हुन्छ ।

यतिमात्र होइन, कतारसँग सम्बन्ध तोडेको मुलुक संयुक्त अरब इमिरेट्सलाई पनि उसको इलेक्ट्रिक ग्रिडका लागि कतारबाटै उर्जा निर्यात हुन्छ ।

कुटनीतिक विवाद र सम्बन्ध तोडेको घटनापछि पनि कतारले सदासयता देखाइरहेको छ । किनकि कतारले अहिलेसम्म आफूसँग सम्बन्ध तोडेका मुलुकलाई न प्राकृतिक ग्यास निर्यातमा रोक लगाएको छ, नत मूल्यबृद्धि नै गरेको छ ।

तर यो संकट लम्बिएको अवस्थामा भने कतारले पनि निर्यातमा पुनर्विचार गर्न सक्नेछ । जसबाट ती मुलुकका लागि सम्बन्ध तोड्ने निर्णय प्रत्युत्पादक हुने देखिन्छ ।

कतारले ग्यास निर्यात रोक्ने हो भने बेलायत, जापान, दक्षिण कोरिया, चीन जस्ता मुलुकमा समेत उर्जा संकटको अवस्था सिर्जना हुन सक्छ । कतारमा अमेरिकी सैन्य वेस क्याम्प पनि छ । त्यहाँ १० हजार अमेरिकी सैनिक तैनाथ छन् ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको मूख्यालय पनि कतार मै छ । त्यसैले अमेरिकाले पनि कतारसँगको सम्बन्धलाई दिर्घकालिन रुपमा तोड्न चाहँदैन ।

कतारले आफूमाथि संकट आएको अवस्थामा युएईका लागि उपलब्ध डल्फिन इनर्जी पाइपलाइन बन्द गर्न सक्छ । यो पाइपलाइनबाट युएईलाई दैनिक ५७ मिलियन क्युविक मिटर्स प्राकृतिक ग्यास आपूर्ति हुन्छ ।

यो परिमाण युएईको दैनिक आवश्यकताको एक तिहाई हिस्सा हो । उक्त ग्यास आपूर्ति रोकिएको अवस्थामा दुबई र युएईको राजधानी अबुधाबीमा एयस कन्डिसनर चल्ने छैनन् ।

प्रचण्ड गर्मीमा एयर कन्डिसनर नचल्दा हुन सक्ने विपत्ती कल्पना पनि गर्न सकिदैंन । यतिमात्र होइन, समुद्रको पानीलाई पिउन योग्य बनाउने संयन्त्र पनि ग्यास सप्लाईको अभावमा बन्द हुन सक्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement