Advertisement

भारतीय आइटेक दिवसमा काठमाडौंमा भब्य समारोह

3 मिनेट अगाडी

काठमाडौं । भारतीय राजदूतावासले ५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस काठमाडौंमा पनि मनाएको छ ।

समारोहमा नेपालका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित , नेपालका लागि भारतका राजदूत मंजीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्तआइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको बताए ।

यस कार्यक्रमले सीप अभिवृद्धि तथा मानव संसाधन विकासमा उल्लेख्य योगदान पुयाएको उल्लेख गरे ।  समारोहमा आइटेकका करिब १ सय ५० भूतपूर्व विद्यार्थीहरुको सहभागी थिए । नेपाल लगायत १६१ विकासशील मित्र राष्ट्रहरुसँग भारतको विकासमूलक अनुभव बाँड्न भारत सरकारको पूर्ण सहयोगमा ‘आइटेक कार्यक्रम’ सञ्चालित भएको कार्यक्रममा जानकारी गराइयो । 

नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागले आफ्ना कर्मचारीहरुका मानव संसाधन विकासका लागि आइटेकका विभिन्न कोर्षहरुको उपयोग गर्दै आएको छ । कोर्षमा कम्प्युटर, इन्जिनियरिङ्ग, सूचना प्रविधि, पत्रकारिता, बैंकिङ्ग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिङ्, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानून प्रर्वतन, व्यवसाय योजना तथा प्रवर्धन, लेखा र वाणिज्य आदि जस्ता विषयहरु समावेश गरिएको छ ।

नेपाल सरकार अन्तर्गतका संस्थाहरुको आवश्यकता अनुरुप निमार्ण गरिएको विशेष आइटेक कोर्षबाट ती संस्थाहरु लाभान्वित भएका छन् । यसै वर्ष मात्र अर्थ मन्त्रालयका ६२ कर्मचारीले नयाँ दिल्लीमा तालिम लिन पुगेका थिए । त्यसै गरी २०१९ मार्चमा भारतको फरिदावादमा पुगेर नेपाल राजस्व अनुसन्धान विभागका दुई ब्याचका ५० कर्मचारीहरुलाई ‘अनुसन्धान तथा राजस्व चुहावट नियन्त्रण’सम्बन्धी विशेष आइटेक कोर्ष प्रदान गरिएको थियो ।

यसैगरी ६० नेपाली अधिकारीहरुले ‘सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे प्रशिक्षण लिइरहेका छन् । यसका साथै कूल ३४ नेपाली जलस्रोत विज्ञहरु लेरुड्की स्थित प्रतिष्ठित संस्थामा सिंचाइ तथा जल व्यवस्थापन, जलविज्ञान, वैकल्पिक उर्जा र जलस्रोत विकास जस्ता प्राविधिक क्षेत्रहरुमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन

उक्त समारोहमा भारतीय राजदूतावास स्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले आकर्षक साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement