Advertisement

नेपाली मूलका भारतीय फुटबल स्टार सुनिललाई रोनाल्डो र मेस्सीसँग तुलना !

4 मिनेट अगाडी

काठमाडौं(बीबीसी) । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन् । यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन् ।

तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ ।

आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको खेलमा सुनील छेत्रीले दुई गोल गर्दा भारत ४–१ ले विजयी मात्रै भएन, क्षेत्रीले १०५ खेलमा व्यक्तिगत अन्तर्राष्ट्रिय गोल सङ्ख्या ६७ पुर्‍याउदै सक्रिय खेलाडीहरूको गोल सङ्ख्यामा मेस्सी र नेयमारभन्दा माथि उक्लिए ।

मेस्सीले अहिलेसम्म आर्जेन्टिनाका लागि १२८ खेलमा ६५ गोल र नेयमारले ब्राजिलका लागि ९५ खेलमा ६० गोल गरेका छन्।

रोनाल्डोभन्दा छेत्री निकै पछाडि नै छन् । रोनाल्डोले पोर्चुगलका लागि १५४ खेलमा ८५ गोल गरिसकेका छन् । छेत्री सक्रिय खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा भए पनि सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीहरूको सूचीमा २० औँ स्थानमा छन् ।

इरानका अलि देई १४९ खेलमा १०९ गोलसहित शीर्षस्थानमा रहेको सूचीमा छेत्रीभन्दा तल डिडियर ड्रोग्बा र ब्राजिलका रोनाल्डो छन् ।

छेत्रीले दुई गोल गरेपछि एशियाली कप २०१९ को पहिलो खेलमा भारत विजयी भयो र यो नतिजा भारतको प्रतियोगिताको ५५ वर्षको इतिहासमा पहिलो जित हो । नेपाली मूलका भएका कारण छेत्री नेपाली फुलबल समर्थकमाझ प्रिय छन् ।

उनले अन्तर्राष्ट्रिय फुटबल खेल्न शुरू गरेयता भारतले नेपालसँग नौवटा अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमध्ये उनले आठ खेल खेलेर पाँच गोल गरेका छन् । र, तीमध्ये छ खेलमा भारत र एक खेलमा नेपाल विजयी भएको छ।

को हुन क्षेत्री ?

३४ वर्षीय सुनील छेत्री भारतीय सुपर लिगमा बेङ्गालुरु फुटबल टोलीका कप्तान हुन्।

‘क्याप्टेन फ्यान्टास्टिक’ उपनामले चिनिने छेत्री भारतीय राष्ट्रिय टोलीबाट सबैभन्दा बढी खेल खेल्ने खेलाडी समेत हुन् ।

गत वर्ष एशियाली फुटबल परिषद् (एएफसी) ले छेत्रीलाई ‘एशियन आइकन’ घोषणा गरेको थियो।

छेत्रीका बुवा भारतीय सैनिक टोलीबाट फुटबल खेल्थे भने उनकी आमा सुशीला छेत्री नेपाली राष्ट्रिय महिला टोलीको सदस्य थिइन्।

सन् २००२ मा मोहन बगानसँग आबद्ध भएर व्यावसायिक रूपमा खेल्न शुरू गरेका छेत्रीले २००५ देखि भारतको राष्ट्रिय टोलीबाट पाकिस्तानविरुद्ध पहिलो खेल खेलेका थिए र गोल पनि गरेका थिए।

त्यसयता छेत्रीले सन् २००७, २०११, २०१३, २०१४ र २०१७ मा गरी पाँच पटक भारतका उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरिसकेका छन् ।

सुनील छेत्री फुटबलमा भारतको सबैभन्दा ठूलो उपलब्धि मानिने एएफसी च्यालेञ्ज कप २००८ जित्ने बेला नायक थिए। प्रतियोगितामा उनले ४ गोल गरेका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement