Advertisement

नेपालकी ‘फस्ट लेडी’ डा.आरजु राणाको लुकेको पाटो


काठमाडौं । नेपालमा चर्चित नेताका श्रीमतीहरु सबै राजनीतिमा छैनन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी श्रीमती हिसिला यमी देखि बहालवाला प्रधानमन्त्री शेर बहादुर देउवाकी श्रीमती डा. आरजु राणा देउवा राजनीतिका चर्चित पात्र हुन् ।

यी दुवै पात्र नेपाली राजनीतिक बृत्तमा बेलामौका खुबै आलोचित र बदनाम हुने गरेका छन् । यद्यपी, यी दुवै पात्रको प्रशंसा गर्न योग्य गुण पनि प्रशस्त छन् । राजनीतिसँगै सामाजिक अभियन्ताको परिचय बनाएकी आरजु यतिबेला नेपालको ‘फस्ट लेडी’का रुपमा छिन् ।

उनी प्रधानमन्त्री देउवाको जीवनसंगिनी मात्र नभइ विशेष सल्लाहकार र ‘किचेन क्याविनेट’ की प्रमुख पात्रका रुपमा पनि दरिएकी छिन् । होचो कद र ‘क्यूट फेस’की धनी आरजु सक्षम र योग्य मात्र नभइ शारीरिक रुपमा आकर्षक महिला मध्येमा गनिन्छिन् । उनका केही सम्झनायोग्य कामहरुका बारेमा यहाँ चर्चा गरिएको छ ।

आरजुको नालीबेली

आरजू राणा देउवा नेपाली कांग्रेसकी नेतृ हुन् ।डडेलधुरा,असीग्राम स्थायी ठेगाना भई काठमाडौंं, बुढानीलकण्ठ निवासी ४५ वर्षीया आरजु राणा देउवा हाल समानुपातिक तर्फबाट चुनिएर नेपाली कांग्रेसका सभासद छिन् ।

भारतबाट मनोविज्ञानमा विद्यावारिधि (पीएच्डी) गरेकी सभासद देउवा आफ्ना श्रीमान् प्रधानमन्त्री शेरबहादुर देउबाको उत्प्रेरणाबाट राजनीतिमा सक्रिय भएको बताउँछिन् ।

राप्रपा नेत्री आफ्नी आमा प्रतिभा राणा लामो समयदेखि राजनीतिमा क्रियाशील रहेकाले समेत राजनीतिप्रति आफ्नो चाख बढेको बताउने देउवा नेपाली काङ्ग्रेसको महासमिति सदस्य छिन् । राज्यका प्रत्येक अंगमा महिलाको उचित प्रतिनिधित्व भएपछि मात्र मुलुक विकासको मार्गमा द्रुत गतिले अघि बढ्न सक्ने उनको विश्वास छ ।

राजनीति बाहेक एनजिओ, आईएनजिओ, शिक्षा र स्वास्थ्य जस्ता सामाजिक क्षेत्रका दर्जनौं संघ संस्थाहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागीता जनाएकी प्रधानमन्त्री पत्नी आरजु देउवा, राणा परिवारकी भएपनि सहयोगी भावनाकी महिला हुन् ।

एक छोराकी आमा देउवा सुरक्षित मातृत्व संजालको संचालनमा समेत सक्रिय छिन् । उनको मातहतमा रहेर संचालित दर्जनौं परियोजना तथा एनजिओमार्फत सयौं युवाहरुले रोजगारी पाएका छन् । सुदुरपश्चिमका अधिकांश जिल्लाहरुमा उनको सक्रियतामा सामाजिक कामहरु संचालित छन् ।

देशमा बाढी आयो, भूकम्प गयो भने अगाडी नै सहयोग गर्न सकृय भूमिका खेल्ने डा. देउवा समाजसेवा र विशेष गरी महिला सशक्तीकरण उनको विशेष रुचिको क्षेत्र भएको देखिन्छ ।

आरजुको फरक पहिचान

अहिले मुलुककै प्रथम महिलाको रुपमा रहेकी डा.देउवा मन्त्री बन्नसक्ने चर्चा पनि चलिरहेको छ । राणा परिवारमा जन्मिएर ५० को दशकमा तत्कालीन गृहमन्त्रीको रुपमा रहेका शेरबहादुर देउवासँग विवाह बन्धन बाँधिएकी आरजु राजनीतिका अतिरिक्त सामाजिक क्षेत्रमा समेत सक्रिय रहेर चर्चा बटुलेकी छन् ।

डा.आरजुको नेतृत्वमा भएका सामाजिक अभियानहरुलाई नियाल्ने हो भने सबैभन्दा बढी आधारभूत समुदायममा केन्द्रीत देखिन्छन् । त्यसैले उनलाई राजनीतिभन्दा बाहेक एक सामाजिक अभियन्ताको रुपमा समेत चिन्न सकिन्छ, जसले उनको राजनीतिक यात्रालाई सहज बनाइरहेको छ ।

देउवाको सफलतामा आरजु

डा.आरजु देउवाकै सकृय सहयोगका कारण ६० बर्ष काँग्रेसको राजनीतिमा लागेर पनि पूर्व संस्थापन पक्षको पेलाईबाट माथी उठ्न नसकेका काँग्रेसका तत्कालीन बरिष्ठ नेता शेरबहादुर देउवा १३ औं महाधिवेशनमा नेपाली काँग्रेस जस्तो मुलुककै सबैभन्दा ठूलो पार्टीको सभापति भएको बताईन्छ ।

डा. आरजुको आदेशमा प्रधानमन्त्री चल्ने आरोप लागे पनि उनी क्षमतावान र सकारात्मक सोच भएकी महिलाका रुपमा चिन्नेहरु धेरै छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगको महासभा लगायतका अन्तराष्ट्रिय सम्मेलनहरुमा राणाले आमा र नवजात शिशुको जीवन रक्षाका लागि सामाजिक परिचालन जरुरी रहेको आवाज उठाउँदै आएकी छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement