Advertisement

निर्वाचित प्रतिनिधिले कार्यभार सम्हाल्ने कहिलेदेखि ?


काठमाडौं । आइतबार सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनपछि चुनिने जनप्रतिनिधिले कार्यभार सम्हाल्ने तिथी मितिबारे अन्योल कायमै छ ।

विभिन्न कानुन पारित गर्ने विधिबारे सरकार नै तयार नभएकाले निर्वाचित हुने प्रतिनिधिहरुले कार्यभार सम्हाल्न कम्तिमा पनि दुईहप्ता कुर्नुपर्ने अधिकारीहरुले बताएका छन् ।

तर संसदमा विचाराधीन स्थानीय शासन सञ्चालन गर्न बनेको विधेयक द्रुत प्रकृयाबाट पारित भए स्थिति सहज बन्न सक्छ । तीन प्रदेशमा आइतबार सम्पन्न निर्वाचनवाट करिब १३ हजार जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

कानुनतः निर्वाचित हुने जनप्रतिनिधिहरुको पाँच वर्षे म्याद निर्वाचनको दिन देखि प्रारम्भ हुन्छ । त्यसैले विद्यमान कानुनी अन्योल अन्त्य गर्न विभिन्न विकल्पबारे विचार भैरहेको स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।

उनले भने, ‘यो निर्वाचनको सबै प्रकृया पूरा गर्न १५(१६ दिन अझै लाग्छ । हामीले उक्त अवधिमा कानुनी व्यवस्था गर्नसक्ने गरि आवश्यक तयारी गरिरहेका छौ । समय अभावका कारण द्रुत प्रकृयाबाट यो कानुन तर्जुमा गर्न सक्छौं । यसलाई अध्यादेशवाट पनि ल्याउन सकिन्छ ।’

संसदमा दर्ता विधेयकमा गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखले सम्बन्धित जिल्लाको न्यायाधीश समक्ष शपथ ग्रहण गर्ने प्रस्ताव गरिएको छ ।

गाउँपालिका तथा नगरपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष र सभाका सदस्यले सम्बन्धित अध्यक्ष र प्रमुखसमक्ष शपथ ग्रहण गर्नेछन् । चालु संसद अधिवेशन अन्त्य गरि बजेट अधिवेशन आह्वान गर्नुपर्ने अवस्था छ ।

उक्त विधेयकलाई यही समयमा द्रुत प्रकृयाबाट पारित गर्न सकिने सम्भावना चाहिं रहेको व्यवस्थापिका संसदका प्रवक्ता भरत गौतमले बताए ।

प्रकृयाबारे बताउँदै उनले भने, केही प्रकृयाहरु अलिकति छोट्टयाएर भएपनि द्रुत प्रकृयाबाट कानुन ल्याउने सरकारको तयारी हुनसक्छ ।

तर यो अधिवेशन अन्त्य गरेर अर्को अधिवेशन आह्वान गर्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनु पर्ने अवस्था विद्यामान छ। जति नै छोटो गरेपनि कम्तीमा १० दिन त लाग्ने देखिन्छ । (बीबीसी)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement