Advertisement

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी


काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको छनोट प्रक्रिया यसपटक अझ लचिलो बनाइने गृहमन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

सुरक्षा निकायको सहयोगका लागि आवश्यक भनिएको म्यादी प्रहरीको भर्ना, तालिम र सेवा सुविधा लगायतको कार्यक्रम स्विकृतिका लागि एउटा प्रस्ताव शुक्रबारसम्म अर्थमन्त्रालयमा पेश गरिसकिने बताइएको थियो ।

तर उक्त प्रस्ताव निर्वाचन आयोग हुँदै अर्थमन्त्रालय पुग्नुपर्ने भएकोले आइतबारसम्म पुग्ने गृह मन्त्रालयका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ ।यसअघि बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले स्थानीय निर्वाचनका लागि झण्डै ७५ हजार म्यादी प्रहरी खटाउने निर्णय गरेको थियो।

स्थानीय चुनावमा खटाइने भनिएको सवा २ लाख सुरक्षाकर्मी मध्ये ७५ हजार जति म्यादी प्रहरीका लागि उनीहरुको भर्ना मिति, तालिम अवधि र सेवा सुविधालगायत विषय टुङ्गो लगाउन गृहकार्य तीब्र पारिएको गृहमन्त्रालयले जनाएको छ।

विगतमा चुनाव प्रभावित पार्न राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरु म्यादी प्रहरीको रुपमा भर्ना गर्ने गरेको भनि ब्यापक आलोचना हुने गरेको थियो।

हामीले चाहेको जस्तो मान्छे आउला कि नआउला, नआएमा हामीले फेरि त्यो मापदण्डमा सम्झौता गर्नु पर्लाकी भन्ने अनुमान छ । यद्यपी सरकारी अधिकारीहरुले त्यस्तो आरोपको खण्डन गर्दै आएका छन्।

नियुक्तिका लागि कसैको सिफारिस नचल्ने र निश्चित मापदण्ड पूरा गरेर मात्रै म्यादी प्रहरीको भर्ना लिइने गृह मन्त्रालयका अधिकारीको दाबी छ।

विगतदेखि अवलम्बन गर्दै आएका मापदण्ड अनुरुप खोजेजस्तो जनशक्ति नआउने आशंकाका कारण यसपटक छनोट प्रक्रियालाई थप लचिलो बनाउन लागिएको गृह प्रवक्ता बालकृष्ण पन्थीले बताएका छन्।

उनले भने, ‘अब छोटो समयका लागि त्यहाँ भर्ना हुन आउने मान्छे, राजनीतिक कार्यकर्ता होला की भन्ने प्रश्न नै हुँदैन। कसले को ल्याउँछ, राख्छ भन्ने होईन कि, हामीले चाहेको जस्तो मान्छे आउला कि नआउला, नआएमा हामीले फेरि त्यो मापदण्डमा सम्झौता गर्नु पर्लाकी भन्ने अनुमान छ।’

प्रस्तावित मापदण्ड अनुसार पूर्व सुरक्षाकर्मीहरुलाई र पहिले पनि म्यादी प्रहरी भइसकेकाहरुलाई विशेष प्राथमिकतामा राखिने सहसचिव पन्थीले बताए अन्य मापदण्डका अतिरिक्त, उमेर हदमा कठोर बन्दा योग्य मान्छे नपाइने हो की भनी उमेरको हदमा पनि आफूहरु लचिलो बन्न लागेको गृहमन्त्रालयले जनाएको छ।

साथै, भौगोलिक रुपमा विकट जिल्लाका केही क्षेत्रहरुमा बाहेक अन्य क्षेत्रहरुमा स्थानीय बासिन्दालाई, उनीहरु बसोबास गरेकै स्थानमा म्यादी प्रहरीका रुपमा परिचालन नगरिने गृह प्रवक्ता पन्थीले वताए।

उनले भने, कतिपय जिल्लाहरुमा सम्भव नहुन सक्छ। अब पहाडी दुर्गम जिल्लाहरुमा एक जिल्लाबाट अर्को जिल्लामा जान धेरै समय लाग्ने, अप्ठ्यारो हुनसक्छ।

त्यस्तो अवस्थामा ठाँउ परिवर्तन गरेर वा क्षेत्र परिवर्तन गरेर पनि त्यस्तो बिकल्प लिन सकिन्छ। स्थानीय मान्छे म्यादीमा सेवा दिने गरि हुन्न, उसको ठाउँलाई चाहिँ फरक पारिन्छ।

प्रहरीकै सहयोगीका रुपमा रहने म्यादी प्रहरीहरुलाई निर्वाचनको केही दिन अगाडि मतदान केन्द्रहरुको सुरक्षाका लागि खटाईने योजना प्रहरीको छ।२०७० सालको संविधानसभाको निर्वाचनमा एकिकृत सुरक्षा व्यवस्था अन्तर्गत देशभरका १८ हजार मतदान केन्द्रमा ४५ हजार म्यादी प्रहरी खटाइएको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement