Advertisement

धर्मशालामै यौनधन्दाः एक युवती पक्राउपछि रहस्य खुल्यो

2017-03-28

झापा । झापाको भद्रपुरस्थित मोहपाल धर्मशालामा यौनधन्दा चलाउने गरेको रहस्य सार्वजनिक भएको छ ।

धर्मशालामा कार्यरत चौकीदार नापीलाल राजवंशी र स्थानीय युवा समूहको आपसी लेनदेनमा यस्तो धन्दा चल्दै आएको प्रहरी अनुसन्धानबाट खुलेसँगै यस्तो रहस्य सार्वजनिक भएको हो ।

धर्मशालाबाट वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी नायव निरीक्षक चित्रबहादुर कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्रवार राति धर्मशालाबाट १७ बर्षीया युवतीलाई नियन्त्रणमा लिएपछि घटना सार्वजनिक भएको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले धर्मशालामा छापा मारेको थियो । सो क्रममा युवतीलाई नियन्त्रणमा लिइएको र धर्मशालामा केही व्यक्तिले कोठा भाडामा लिएर यौनधन्दा चलाउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले छापामार्ने क्रममा धर्मशालाको मूल कोठा चौकीदार राजवंशीले खोल्न नमानेपछि पर्खाल नाघेर प्रहरीभित्र प्रवेश गरेको थियो । सो क्रममा युवतीसँग रहेका तीन युवा भागेको प्रहरी निरीक्षक कूलप्रसाद चौधरीले बताए । प्रहरीले युवतीलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो ।

प्रहरी स्रोतका अनुसार युवतीलाई एक हजार दिने शर्तमा भद्रपुरका रोशन कामतीले धर्मशालामा लागेको बताइएको छ । रोशनले उनको साथीद्वय राजीव कामती र पिकी कामतीलाई पनि बोलाएको युवतीको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

शनिवारबिहान युवालाई पक्राउ गर्न उनीहरुकै घरमा पुगे पनि उनीहरु घरमा नभेटिएपछि प्रहरी फर्किएको थियो । स्रोतका अनुसार तीनै युवा भारत गएको बुझिएको छ ।

यता प्रहरीले धर्मशालाका चौकीदारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
आमसञ्चार डटकमले सार्बजनिक गरेको समाचार अनुसार तीनै जना युवकलाई पक्राउ गर्न शनिवार बिहान उनीहरुको घर पुगे पनि कोही फेला नपरेको र तीन जना भारत भागिसकेको प्रहरीले आशंका गरेको छ ।

होटल तथा लजमा भन्दा धर्मशालामा यौनधन्दा चलाउन सुरक्षित हुने भएको भन्दै उनीहरुले यौनधन्दाका लागि धर्मशालालाई प्रयोग गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement