Advertisement

देउवा सरकारको मधुमासः उपलब्धी र आलोचना बराबरी


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सम्हालेको सय दिन पूरा भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले जेठ २३ गते सरकारको नेतृत्व गरेका थिए ।

गठबन्धनबाटै प्रधानमन्त्री बनेकाा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व छाडेर देउवालाई समर्थन गरेपछि उनी प्रधानमन्त्री बनेका थिए ।

देउवाले सत्ता सम्हालेको यस मधुमासको समय समग्रमा कार्यशैलीगत रुपमा प्रशंसाभन्दा बढी आलोचित नै बनेको देखिन्छ ।

प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै सदाचारमा जोड दिने बताएका देउवाले यस विपरित काम भए । आनवश्यक रुपमा इतिहासमै जम्बो अर्थात् ५४ सदस्यीय मन्त्रिपरिषद बनाएपछि उनी बढी आलोचित भएका छन् ।

देउवाले जेठ २४, जेठ २८, असार २, साउन ११ र भदौ २५ मा गरी पाँच पटक सरकार विस्तार गरेका थिए । निजी सचिवालयलाई पूर्णता दिन नसक्नु, विभिन्न काण्डमा संलग्न रहेका भनिएका कर्मचारीलाई कार्वाहीका दिशामा ल्याउन नसक्नुले पनि उनको आलोचना भएको छ ।

स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न गराउनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वातावरण तयार गर्नु, डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार स्वास्थ्य क्षेत्र सुधारको पहल थाल्नु यस अवधिमा उनले गर्नु भएका सकारात्मक काम हुन् ।

सदाचार नीतिमा उनी असफल देखिएका छन्, इतिहासकै सबैभन्दा जम्बो मन्त्रिमण्डल बनाएर । सदाचार नीतिसम्बन्धी प्रस्तावको मस्यौदा प्रधानमन्त्री कार्यालयमा रहे पनि यो विषयमा कुनै निर्णय प्रधानमन्त्रीले लिन सकेका छैनन् ।

आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता हस्तान्तरण गरेपछि देउवा २३ जेठमा प्रधानमन्त्री नियुक्त भएका थिए।
त्यसयता उनले स्थानीय तहको १४ असारमा दोस्रो चरणको निर्वाचन सफल गराएका छन्।

पहिलो चरणको स्थानीय चुनाव वर्तमान गठबन्धनकै प्रधानमन्त्री पुष्पकमल दाहालले सफल गराए। दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गते हुँदै छ।

 प्रदेश र संघको ७ मंसिरभित्रै निर्वाचन गराउनै पर्ने बाध्यात्मक चापमा रहेको सरकारले १० र २१ मंसिरमा संघ र प्रदेशको एकैपटक तर दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेको छ ।

विवाद र आलोचना

देउवा इतिहासकै सबैभन्दा जम्बो ५४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेर विवादमा तानिएनन् मात्रै, मन्त्रिमण्डललाई अढाई महिना लामो समयसम्म विस्तार नगरी अल्झेर जनस्तरमा आलोचितसमेत बनेका थिए।

त्यत्ति मात्रै होइन, निर्वाचन आयोगले बनाउने निर्वाचन कार्यतालिकालाई नै प्रभावित पार्ने गरी हस्तक्षेप गर्न खोज्दा पनि उनी विवादमा तानिए।

निर्वाचन आयोगले दलहरूले बुझाउनुपर्ने समानुपातिकतर्फको बन्दसूचीको कार्यतालिकामा प्रधानमन्त्री देउवाले हस्तक्षेपको प्रयास गरेपछि विवादमा परेका थिए।

उनी बिबिसीको साझा सवाल कार्यक्रममा असार १८ गते दिएको अभिव्यक्तिका कारण पनि विवादमा तानिए । त्यसको साता नपुग्दै सप्तरीमा पुगेर एउटा पत्र पढ्नुपर्नेमा अर्को पढेर हँसिमजाकका पात्रसमेत बने ।

उता मुलुकको संविधानका विषयमा दिएको अभिव्यक्तिलाई चर्को आलोचनाको विषय नै बनायो एमालेले ।

भारत भ्रमणमा जानुअगाडि संसद्लाई जानकारी नदिई गएका देउवाले फर्केर आएपछि संसद्लाई जानकारी गराए पनि उनको त्यो अभिव्यक्तिलाई प्रतिपक्षी एमालेले चित्त बुझाएको छैन ।

प्रधानमन्त्री देउवाले नेपालको छिमेकी मुलुकसँगको सम्बन्ध सुधारका लागि दक्षिणी छिमेकी मुलुक भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा उल्लेख ४६ बुँदाप्रति पनि व्यापक आलोचना भयो ।

साउन २८ मा तराई क्षेत्रमा आएको भीषण बाढीबाट रोक्न सप्तकोसीलगायत अन्य सीमा क्षेत्रका बाँधका ढोका खोल्न भारतलाई गरेको आग्रह परिणाममुखी नभएको गुनासो प्रभावितको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement