Advertisement

दलाई लामाले ‘बुद्ध भारतमा जन्मिएका हुन’ भन्नुको भित्रि रहस्य यस्तो !


काठमाडौं । भारतमा निर्बासन जीवन विताइरहेका धर्मगुरु दलाई लामाले ‘बुद्ध नेपालमा नभई भारतमा जन्मिएका हुन’ भनेर अभिब्यक्ति दिएको भिडियो सार्बजनिक भएपछि सामाजिक संजालमा भाइरल भएको छ ।

भिडियोमार्फत दलाई लामाको अभिब्यक्ति सुनेपछि नेपालीहरुले सामाजिक संजालमा ब्यापक आलोचना गरिरहेका छन् । लामाप्रति नेपालीहरुमा गलत भावना पैदा भएजस्तो देखिएको छ । सामाजिक संजालमा ब्यक्त धारणाहरु अनुसार नेपालीहरु लामाप्रति अत्याधिक क्रुद्ध भएका छन् ।

बेलायतमा बस्ने नेपालीहरुले त सडकमै उत्रिएर लामाको अभिब्यक्तिको चर्को विरोध गरेका छन् । भारतको चाकरी गर्नकै लागि झुटो कुरा नबोल्न उनिहरुले चेतावनी समेत दिएका छन् । लामाविरुद्ध ‘आफ्नो स्वार्थका लागि भारतीय गुलामी बन्द गर’ भन्ने नारा बेलायतमा लागेको एनआरएनए युकेले जनाएको छ ।

धर्मोदय सभाले त धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह समेत गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गरी सभाले लामा जस्ता धार्मिक व्यक्तित्वले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएको हो । 

संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको तथ्य थाहा नपाएजस्तो गरी लामाबाट गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनिनुले आफूहरुलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

यसरी विश्वभरबाट लामाप्रति आक्रोशहरु पैदा भइरहेका छन् । लामाले भारतमा बसेर किन यस्तो अभिब्यक्ति दए भन्नेबारे अनेक थरी अडकलबाजीहरु भईरहेका छन् । भारतमा बसेर पश्चिमा मुलुकको डलरमा चलेर चीनबिरोधी गतिविधि गरिरहेका लामाको उपरोक्त अभिव्यक्ति उनको ‘दलाली’ भनेर विश्लेषण पनि गरिएको छ ।

 भारतमा शरण लिएरपछि भारतकै ‘नूनको सोझो’ गर्नै पर्ने बाध्यता पनि उनलाई परेको अनुमान पनि गरिएको छ । त्यतिमात्र नभई चीन, श्रीलंका, थाइल्याण्ड, जापान लगायतका देशले बुद्ध धर्मको प्रचार र विकासमा अधिक खर्च गरेको भारतलाई मन नपरेको र भारतकै उक्साहटमा लामाले ‘कार्ड’ फालेको पनि विश्लेषण गरीएको छ ।

बुद्ध नेपालमा जन्मिएका नभएर भारतमा जन्मिएका हुन भन्दै भारतीय प्रधानमन्त्री समेतले पश्चिमा मुलुक र राष्ट्रसंघमा भाषण गर्न थालेपछि गैरआवासीय नेपालीहरुले विश्वव्यापी रुपमा बुद्ध नेपालमा जन्मेका हुन् भन्दै अभियान नै चलाए । तर बुद्धअवतारका रुपमा आफूलाई चिनाउने १४ औं दलाई लामाले बुद्ध लुम्बिनीमा जन्मेको हैन भनेर भाषण गर्नुको भित्री कारण भारत र पश्चिमा मुलुकलाई रिझाउनु बाहेक अन्य केही कारण नहुने पनि एकथरीको बुझाई छ । 

वुद्ध धर्मका धर्मगुरु दलाई लामाले बुद्धकै बारेमा भ्रम फैलाउनु उनको अज्ञानता हैन उनलाई पालन पोषण गर्ने शक्तिहरुको स्वार्थ हो भनेर पनि विभिन्न संचारमाध्यमहरुमा अभिब्यक्ति आएका छन् । किनभने उनलाई अमेरिकी एवं पश्चिमेली शक्तिहरुले तिब्बतको सीमित घेराभित्रको चीन विरोधी राजनीतिमा सक्रिय गराउँदै आएको अडकल पनि पहिल्यै देखि हुँदै आएको छ । 

उनले बुद्ध जन्मेको बेलामा नेपाल भन्ने देशको अस्तित्व नै नरहेको बताउँदै भारतमै जन्मेको जिकिर गरेका छन् । लामाले इशापूर्व २५०० को प्राचीन समयमा नेपाल भन्ने कुनै देश अस्तित्वमा नरहेको पनि दाबी गरेका छन् । त्यो बेला चीनसम्म फैलिएको एउटा सिङ्गो विशाल भारत रहेकोले बुद्धलार्इ भारतमा जन्मेको मान्नुपर्ने जिकिर गरेका हुन् ।

प्रवचनका क्रममा लामाले आफूले कहिल्यै पनि बुद्ध धर्मलार्इ सबैभन्दा उत्कृष्ट नभनेको जिकिर गरेका थिए  । ‘बुद्ध मात्रै होइन, अन्य कुनै एक धर्मलार्इ मात्रै उत्कृष्ट धर्म हो भन्न हामी सक्दैनौँ’, उनले भनेका छन् ।

दलार्इ बुद्धबारे विवादास्पद टिप्पणी गरेको यो भिडियो कहाँ खिचिएको भन्ने खुलेको छैन । तर, बुद्धबारे उनले टिप्पणी गर्ने क्रममा भारतीयमूलका केही व्यक्तिले केही सिकाइरहेको भिडियोमा देख्न सकिन्छ । भारतीय मूलका देखिने मानिसको उपस्थिति हेर्दा कार्यक्रम भारतको कुनै स्थानमा भएको बताइएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement