Advertisement

तीजका गीतमा कसरी वढ्यो, हदैसम्मको विकृती ?


गोविन्द मरासिनी 

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज ।

तीज भन्दा वित्तिकै चेलीवेटीहरु आफ्नो जन्मस्थान माईती घरमा गएर मिठो खाने दुःख सुखका कुरा गीतमार्फत पोख्ने बुझिन्छ । तर पछिल्लो समय तीज भन्दा बित्तिकै महिनौंदेखि पार्टी प्यालेसमा धाउने दर खाने, भड्किलो पहिरन गर्ने, हिन्दी गीत र समाजलाई उतेजित पार्ने खालका क्रियाकलाप गर्ने भन्ने भान हुन थालेको छ ।

तीजको रौनक छाईरहँदा नेपाली लोकगीत संगीतमा लागेका प्राय सबै कलाकारले मनोरञ्जनका निमित्त भन्दै सयौंको संख्यामा गीतहरु पनि बजारमा ल्याएका छन् । यसरी बजारमा आएका अधिकाशं गीतहरु तीजका भन्दा पनि खाली अंग प्रदर्शन, भड्किलो र समाजमा अपाच्य खालका छन् ।
 यसो भन्दै गर्दा सबै कलाकारहरुले बजारमा ल्याएका गीत सुन्न तथा हेर्ने नमिल्ने छन् भन्न खोजेको चाहि होईन् ।

केहि पुराना र स्थापित कलाकारहरुले सार्वजनिक गरेका तीज गीत बाहेक सबै गीतहरु सामूहिक परिवारसँग बसेर हेर्न नमिल्ने खालका छन् । बिगतका केहि बर्षयता तीजका गीतमा अशोभनीय तरिकाबाट विकृती वढेको स्वयंम स्थापित कलाकारहरु पनि स्वीकार्छन् । माईतीमा गएर चेलीले भोगेका बिभिन्न सुख तथा दुःखलाई मिलाएर गीत बनाउनुका साटो खाली अंग प्रदर्शन र दोहोरो अर्थ लाग्ने समाजमा नपच्ने खालका गीत सार्वजनिक गर्नुले स्वयंम कलाकारहरुकै धज्जी उडाईरहेको प्रष्ट हुन्छ । 

यसरी तीजका गीतमा विकृती बढ्नुका गीत सृजना गर्नेदेखि गाउने गायक, गायिका, नाच्ने मोडल र निर्माण गर्ने कम्पनीसम्म सबै दोषी रहेको बताउँछिन, गायिका शकुन्तला थापा । हामीले यसलाई उसलाई भनेर दोष लगाउनुभन्दा पनि यसको मूल्याकंन दर्शक श्रोताले मज्जाले गर्नुभएको र यसलाई अग्रज कलाकारदेखि गीतसंग सम्बन्धित सबै संस्थाहरु जागेर निस्तेज पानुपर्ने थापा बताउँछिन् ।

यदि हामीले समयमै त्यसो गर्न नसके गीतसंगीतमा आउने भावी पुस्ताले तीजका गीतको भाका र शब्द नै बिर्सने सक्ने दुखेसो गरिन् । बिशेषतः तीजको भाकामा गीत गाउने गायिका थापाले यस बर्ष बजारमा ल्याएको बाबाले सारेको सुन्तलाको विरुवा मौलिक तीज रहेकाले चर्चा पनि उत्तिकै कमाईरहेको छ । त्यसैले उनी थप्छिन्, अहिले तीजका गीत भनेर जति गीतहरु बजारमा छन्, ती मध्ये १० प्रतिशतलाई मात्र तीजका गीत भन्न सकिन्छ । 

तीजसहितका लोकगीतमा बढेको विकृती रोक्नका लागि लोकगीतसँग संगठित संस्थाहरु मुखमा पानी हालेर बस्न नहुने र यसलाई रोक्नका लागि सरकार पनि सेन्स वोर्ड नै बनाएर लाग्नुपर्ने आवाज पनि उठेको छ । बिशेषत लोकगीत संगीतमा केहि बर्ष पहिले बजारमा आएको ‘ढाडे बिरालो’ नामक गीतबाट लोकगीतमा विकृती वढेको चर्चा पनि चल्ने गरेको छ तर यसको अर्थ यो होईन कि यसअघि कुनै विकृती नै थिएन ।

उक्त गीत सार्वजनिक भएपछि दर्शक श्रोताले मन त पराए तर त्यस्तै गीत चल्छन भन्ने कलाकारमा भान परेर रातारात हिट हुने सपना देखेर त्यसपछि विकृतीको क्रम बढ्यो यद्यपी त्यस्ता कलाकारका गीतहरु पत्तासाप हुने स्थितीमा समेत पुगिसकेका छन् । ढाडे बिरालोमा ज्योती मगरलाई मोडल खेलाएकै कारण र गायक तथा शब्द संकलक प्रकाश कटवाल र बिनोद ढकाल र गायिका श्रीदेवी देवकोटाले बजारमा ल्याएको पहिलो नयाँ टेष्ट भएकाले औधी रुचाईएको बताईन्छ ।

यदि यस्तै किसिमका गीतहरु सधै चल्ने भईदिएको भए यस बर्ष मात्र बजारमा आएका यस्तै किसिमका गीतहरुले उल्लेखनिय बजार तताउन किन सकेका छैनन् ? त्यसो त दर्शक श्रोताले पनि त्यस्ता गीतलाई निरुत्साहित गरेर गतिलो झापड दिईसकेका छन् ।  दर्शक श्रोतालाई फरक किसिमका टेष्ट दिदाँ ढाडे विरालो सर्वाधिक सफल भएको र त्यसपछि लोकगीतमा मेरो देखासिकी गरिदिँदा विकृती वढेको गायक तथा शब्द संकलक प्रकाश कटवालको तर्क छ ।

उनी थप्छन्, मेरो गीतले विकृती फैलाएको भए त्यसपछि त त्यस्ता गीत नआउनुपर्ने हो तर झन देखासिकी गर्दा र रातारात हिट हुने सपना देख्दा यस्तो भएको उनको ठहर छ । तीजका गीतमा विकृती ल्याउनेमा आफू जस्तै सम्पूर्ण कलाकार स्वयंम पनि दोषी रहेको स्वीकार गर्दै सेन्सर वोर्ड र लोकगीतका हकहितका लागी खुलेका संस्थाहरु सक्रिय नहुँदा यसो भएको कटवाल बताउँछन् ।

कलाकारको नाममा खुलेका विभिन्न संघ संस्थाले कलाकारको हितमा काम नगर्ने हो भने त्यस्ता संस्था खारेज गरिदिए हुने उनको आक्रोस पनि छ । ‘ढाडे विरालो मैले दर्शक श्रोताका लागि नयाँ प्याटन दिएको छु लोकगीतमा आउने सबैले मेरै सिको गर्नुपर्छ भन्ने छैन् जहाँसम्म परिवारसँग बसेर हेर्न नमिल्ने भनेर हल्ला पिटाईएको थियो हिन्दी सिरियल संगै बसेर हेर्न सक्ने ले मेरो गीत हेर्न नसक्ने जस्तो लाग्दैनन्’ उनले भने ।

उनलाई छाडा गीत गाउने कलाकारको सुचीमा राखेपनि ढाडे विरालोले चर्चा सँगै चर्को आलोचना खेपेपछि त्यस्ती सम्मका छाडा गीत गाउन कम गरेको त्यसपछि आएका उनका गीतबाट पनि प्रष्ट हुन्छ । गायक कटवालले लोकगीतसँग सम्बन्धित संस्थाहरु चुप लागेर बस्न नहुने भन्दै गर्दा चर्चित गायक तथा लोकदोहोरी प्रतिष्ठानका प्रथम उपाध्यक्ष समेत रहेका पशुपति शर्मा भने आफूहरु र आफू सम्बद्ध निकायले मात्र केहि गर्न नसक्ने र त्यो अधिकार आफूमा नभएको बताउँछन् ।

यदि लोकगीतमा माया छ भने यो रोक्न राज्यनै सेन्सर वोर्ड बनाएर माथिल्लो निकायबाट लाग्नुपर्ने र माथील्लो निकायबाट लागेपछि मात्र हामीले पनि त्यसमा साथ दिन सकिन्छ र केहि हदसम्म अग्रज कलाकारहरु पनि यसमा लाग्नुपर्ने शर्माको भनाई छ । पछिल्लो समयमा बढ्दै गएको विकृतीप्रति शर्माले दर्शक श्रोता, कलाकार, गायक, मिडिया, सर्जक र मोडल लगायत सबैलाई दोषी ठान्छन् ।

छाडा गीतलाई दर्शक श्रोताले पनि प्रोत्साहन गरिदिने तीनै गीत धेरै हेरिदिने, मिडियाले पनि मौलिक गीतलाई छाडेर त्यस्तै गीतलाई प्रोमोसन गरिदिँदा झन छाडा गीत निकाल्नेप्रति हौसला बढेको शर्माको ठहर छ । उनी भन्छन्, ‘दर्शक श्रोताले पनि कुन गीत कस्तो भनेर बुझ्नुपर्यो, परिवारमा बसेर हेर्न मिल्दो छ कि छैन्, मिडियाले पनि राम्रालाई प्रोत्साहन गर्ने राज्यबाटै एउटा मापदण्ड ल्याउने हो यो छाडापनलाई बिस्तारै कम गर्न सकिन्छ ।’

लोकगीत संगीतमा स्थापित र चर्चित कलाकारहरुले नै यसरी भड्किला गीत बजारमा सार्वजनिक गरिदिँदा भर्खर लोकगीतमा आउन चाहने नयाँ पिडीका नवकलाकार भने चिन्तित छन् । भर्खरै मात्र लोकगीतको क्षेत्रमा कदम चाल्दै गरेकी नवगायिका मनिषा शर्माले पनि यस्तै दुखेसो पोखिन् ।

अग्रज कलाकारहरुले हामीलाई यसो गर संस्कृती र मौलिकता बचाउन प्रती केन्द्रित होउ भनेर सिकाउनुको साटो उल्टै अग्रजहरुले नै विकृती ल्याउने हो भने हामीले अग्रजबाट के आशा गर्ने ? भनी प्रश्न गर्छिन् नवगायिका शर्मा । अन्य कलाकारको जस्तै उनको माग पनि छ राज्यले मापदण्ड नै बनाएर मापदण्ड मिच्नेलाई कारवाही नै गर्नुपर्ने उनको भनाई छ । 

अन्त्यमा, तीजका गीत र समग्र गीतसंगीतमा वढेको विकृती रोक्नका लागि एकले अर्कालाई दोष थुपार्नुका साटो गीतसंगीतसँग सम्बन्धित सबै पक्षहरु एकजुट हुँदै सम्बन्धित सरकारी निकायसँग छलफलका माध्यमबाट उचित निश्कर्षका पुगेर निकास खोज्ने हो भने यो विकृती विस्तारै हट्दै जानेमा कुनै दुई मत छैन् ।

तर, हामी एक अर्कामा एकले अर्कालाई होच्याउने र देखासिकी मात्र गरेर आरोप प्रत्यारोप लगाउने हो आउने भावी पुस्ताले लोकसंस्कृती र तीजका मौलिक गीत लोप हुने र अस्तिव नै संकटमा पर्ने छ । 

फोटो : फाईल 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement