Advertisement

डा. रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’, रदी र अन्वेषकलाई सम्मान

1 घण्टा अगाडी

काठमाडौं । सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ ।

सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्‍याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र  प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने निर्णय गरेको थियो । सो पुरस्कार पहिलो पटक आज डा रुइतलाई प्रदान गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आइतबार यहाँ आयोजित समारोहमा  राष्ट्रपति विद्यादेवी भण्डारीले डा रुइतलाई रु पाँच लाखको राशिसहितको सो पुरस्कार प्रदान गरिन ।

त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने लमजुङ लक्ष्मीनगर निवासी रदी मियाँ र सोलार स्कुटर, ट्राफिक मास्क मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने प्रविधि बनाएका तनहुँका अन्वेषक विकल्प ढुङ्गानाको योगदानको कदर गर्दै ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही रु दुई लाख ५० हजार प्रदान गरे ।

डा रुइतले आफ्नो नेतृत्वमा तिलगङ्गा अस्पताल खोली तीन दशकदेखि आँखाका उपचारमा नेपालमा मात्र नभएर भारत, भुटान, चीनलगायत देशमा पनि सेवा प्रदान गर्दै आएका छन् । उनले तिलगङ्गा अस्पतालले शुरु गरेको नयाँ प्रविधिलाई एशिया, अफ्रिका र  दक्षिण अमेरिकामा पनि लैजाने निर्णय गरिएको जानकारी दिए ।

 


Share this with your friends:


Advertisement
Advertisement

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement