Advertisement

जागरण अभियानका लागि काङ्ग्रेसले खटायो प्रतिनिधि

4 मिनेट अगाडी

काठमाडौं । नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ ।

यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि आज प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुङ्गो लगाई खटाइएको पार्टी कार्यालयले जनाएको छ ।

प्रदेश नं १ का ५६, कर्णाली प्रदेशका २४ र सुदूरपश्चिम प्रदेशका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य, पूर्वसांसद, पूर्वजिल्ला सभापति, प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार भइसकेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको हो ।

बाँकी चार प्रदेशका लागि पनि आजै नाम टुङ्गो लगाई खटाइने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अभियान विपी कोइरालाको १०६औँ जन्मजयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई आगामी असोज ७ गते समापन हुने उनले बताए ।

दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् ।

जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान सम्पन्न गरिने प्रवक्ता शर्माले बताए ।

जसअनुरूप हरेक क्षेत्रमा एक÷एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाउन लागिएको हो ।

प्रवक्ता शर्माले भने “दोस्रो चरणको अभियानका औपचारिक कार्यक्रम पनि छरितो हुने र वक्ता सीमित सङ्ख्या तथा बढी अन्तरक्रियात्मक हुनेछन् । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारित छन् ।”

विपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरुवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियानको देशव्यापीरूपमा उद्घाटन गरिने पार्टी कार्यालयले जनाएको छ ।

काङ्ग्रेसले प्रथम चरणमा ७७ वटै जिल्लामा एक÷एक जना केन्द्रीय प्रतिनिधि पठाएको थियो । जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन भएको थियो ।

तेस्रो चरणको अभियान आगामी पुस ७ मा प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुनेछ । काङ्ग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि गत वैशाख ३ गते मुलुकभर तीन चरणमा जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement