Advertisement

गुठी विधेयकको विरोधः यस कारण चर्कियो आन्दोलन

9 घण्टा अगाडी

काठमाडौं । मुलुकमा एक पछि अर्को आन्दोलन चर्किरहेको छ । मिडिया काउन्सील विधेयक, गुठी सम्बन्धि कानुनलाई एकिकरण तथा संसोधन गर्न ल्याएको विधेयकमा सदन देखि सडकसम्म आन्दोलन भईरहेको छ ।

मिडिया विधेयकले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन गरेको आरोप छ भने गुठी विधेयकले धर्म संस्कृती र सम्पदालाई धरायसी बनाउने भन्दै सरोकारवालाहरु दिनुहँ प्रदर्शन गरिरहेका छन् ।

गुठी सम्बन्धि विधेयक सरकारले सरोकारवालाहरुसँग छलफलनै नगरि ल्याएको भन्दै विवादित बनेको छ । गुठी आन्दोलनका समर्थकहरुले विधेयक स्वीकार्य नभएको भन्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् भने विधेयक जलाएका समेत छन् ।

अभियानकर्मी नरेशवीर शाक्य विधेयकमा भएका मन्दिर निर्माण गर्न स्विकृती लिनुपर्ने तथा गुठीको अधिकार प्राधिकरणमा जाने लगायतका व्यवस्थालले धर्म संस्कृतीनै मासिने सम्भावना रहेको बताउँछन् । उनले गुठीको सबै अधिकार प्राधिकरणलाई दिँदा परम्परा देखि मनाउँदै आएको चाडपर्व, जात्रा तथा पूजाहरु लोप हुँदै जाने खतरा रहेको बताए ।

प्रस्तावित विधेयकको मुख्य चारवटा, दफा २२, २३, २४ र ५४ को व्यवस्था प्रति सरोकारवालाहरुले आपत्ति जनाइरहेका छन् । विधेयकको दफा २२ मा गुठी तथा धार्मीक स्थलको स्थापना एवं निर्माणका लागि स्विकृती लिनुपर्ने व्यवस्था छ ।

यो व्यवस्था अनुसार अब देखी मठ मन्दिर बनाउन प्रधिकरणसँग स्विकृती लिनुपर्ने र सम्पत्तिको स्रोत समेत खुलाउनुपर्ने हुन्छ । जसका कारण नयाँ मठ मन्दिर बनाउन बन्द हुने आन्दोलनकारीहरुको तर्क छ ।

यसैगरी दफा २४ मा गुठीको हक र दायित्व प्राधिरकरणमा सर्ने व्यवस्था छ । यसले सबै गुठीहरु राजगुठीमा परिणत हुने र गुठीका जायजेथा तथा देवदेवीका मूर्तिहरुको हक राजगुठीमा जानेछ ।

दफा २४मा गुठीयारको अधिकार स्वतः समाप्त हुने व्यवस्था छ । यो व्यस्थामा सरोकारवालाहरुले सबैभन्दा बढी विरोध जनाएका छन् । दफा ५२ मा गुठी तैनाथी जग्गासम्बन्धी व्यवस्था छ ।

जसअनुसार गुठी संस्थानमा दर्ता भएका तैनाथी जग्गाहरु रैतानी परिणत गर्ने र भोगचलानको आधारमा जोकोहीलाई पनि बिक्री वितरण गर्न सकिने व्यवस्था ल्याएको आन्दोलनकारीहरुको भनाई छ ।

विधेयकमा यति धेरै विवाद हुनुको मुख्य कारण ल्याउनु अघि सरोकारवालाहरुसँग छलफल नगरेकाले हो, भन्ने शाक्यको बुझाई छ ।

छलफल गरेको भए गुठी संचालनमा भएका समस्या र सरकारको दायित्व प्रष्ट हुने उनले बताए । विधेयक जस्ताको तस्तै पारित भए धर्म संस्कृति नाश हुने बताइन्छ ।

विधेयक भुमाफीयाहरुको स्वार्थसँग जोडीएको भन्दै आन्दोलनकारीहरुले थप र कडा आन्दोलन गर्ने चेतावनी दिईरहेका छन् ।

तर सरकारले भने गुठी व्यवस्थापनमा देखिएको वेथिति नियमन गर्ने गरी विधेयक आएको भन्दै बचाउ गरिरहेको छ ।

यता, वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पनि प्रस्तावित गुठी विधयेकको विरोध गरेका छन् ।

काठमाडौंको मखनस्थित तारिणी भवानीको ११९३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ‘नेपालको मौलिक धर्म र संस्कृति नस्ट गर्न सरकारले गुठी विधयेक ल्याएको हो’–भने ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement