Advertisement

गायक प्रकाश सपूत र शम्भु राईबीच चार बुँदे सहमति

36 मिनेट अगाडी

काठमाडौं । ‘गलबन्दी च्यातियो..’ शीर्षकको गीतको संगीत सिर्जनामा गायक तथा संगीतकार शम्भु राईको नाम थपिने भएको छ ।

उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि बुधबार उक्त गीतका गायक प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति भएको हो । सहमतिसँगै उत्पन्न विवाद समाधान भएको गायक सपूतले जानकारी दिए ।

राईको ‘देउसी भैलो’ बोलको गीतमा रहेको ‘आउ नाचौं साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताउँ हाँसेर’ भन्ने लयसँग सपूतको ‘गलबन्दी’ बोलको गीतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्ने अंशमा लय मिल्न गएको देखिएकाले संगीत सिर्जनामा राईकोसमेत नाम राख्ने सहमति भएको बुधबार संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

युट्युबको हकमा प्राविधिकरुपमा मिल्नेसम्म राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशनमा भने सोहीबमोजिम गरिने सहमतिमा जनाइएको छ ।

आर्थिक, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टीमा सपूतकै अधिकार रहने र राईले दाबी नगर्ने सहमतिसमेत भएको छ ।

यस्तै, सहमतिपत्रमा यही असार ५ गते प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय तथा अन्य संघ–संस्थामा राईले दिएको निवेदन फिर्ताका लागि निवेदन दिनेसमेत सहमति भएको छ ।

बुधबारको छलफलमा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेशकुमार खड्का, प्रस्तोता समाज नेपालका महासचिव भीषण मुकारुङ, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका उपाध्यक्ष रमेश बिजी, राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानालगायतको उपस्थिति रहेको थियो ।

उक्त गीतको विषयलाई लिएर सामाजिक सन्जालमा जातिगतरुपमा गरिएका गाली–गलौजको विषयमा भने छलफल गरेर अगाडि बढ्ने गायक सपूतले जानकारी दिए ।


Share this with your friends:


Advertisement
Advertisement

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement