Advertisement

किन टुक्र्याइयो कश्मिर : यसरी गरियो बोल्ड निर्णय ?

9 मिनेट अगाडी

एजेन्सी । सन् १९४७ मा भारत विभाजित भइ भारत र पाकिस्तानमा परिणत भएसँगै उत्तरी राज्य कश्मिर पनि दुई टुक्रा भयो ।

राजधानी श्रीनगरसहित आधा भाग भारतको अधीनमा आयो भने केही भाग पाकिस्तानतर्फ पर्‍यो ।

भारतले सन् १९४९ मा जारी गरिएको संविधानमा जम्मु कश्मिरलाई विशेष राज्यको मान्यता दियो ।

त्यही विशेषाधिकारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सोमबार खारेज गर्ने निर्णय गरेको छ ।

विशेषाधिकारमात्रै खारेज गरिएको छैन, जम्मु कश्मिरबाट लद्दाखलाई छुट्याएर केन्द्र शासित क्षेत्र बनाइएको छ ।

आइतबार मध्यराति नै ठूलो संख्यामा सशस्त्र फौज कश्मिरमा तैनाथ गरी इन्टरनेट र सन्चारमाध्यममाथिसमेत प्रतिबन्ध लगाएको मोदी सरकारका गृहमन्त्री अमित शाहले सोमबार दिउँसो भारतीय संसदलाई जम्मु कश्मिरबारे लिइएको निर्णय सुनाएका थिए ।

उनले संविधानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ खारेज गर्ने प्रस्ताव संसदमा पेस गरे । जुन प्रावधानअन्तर्गत् मुस्लिम बाहुल्य जम्मु कश्मिरले विशेषाधिकारयुक्त स्वायत्त राज्यको मान्यता पाउँदै आएको थियो ।

संविधानको अनुच्छेद ३५ ‘ए’ले कश्मिरमा स्थायी बासिन्दालाई विशेषाधिकार दिएको थियो । उक्त धारामा रक्षा, विदेश मामिला, अर्थ र सन्चारबाहेकका कानुन लागू गर्नुपरेको खन्डमा केन्द्र सरकारले राज्य सरकारको सहमति चाहिने व्यवस्था छ ।

यसअनुसार कश्मिरका स्थायी बासिन्दाबाहेक अरूले कश्मिरमा अचल सम्पति किन्न वा सरकारी सुविधाहरू प्राप्त गर्न सक्दैनथे ।

कश्मिरी पुरुषसँग विवाह गरेका बाहिरका महिलालाईसमेत सम्पत्तिको अधिकार दिइँदैनथ्यो । कतिसम्म भने कश्मिरको आफ्नो छुट्टै झन्डासमेत रहेको थियो ।

तर, मोदी सरकारको निर्णणले जम्मु कश्मिरको विशेषाधिकारमात्रै खोसिएको छैन, उक्त राज्यलाई विभाजन गर्दै जम्मु कश्मिर र लद्दाख बनाइनेछ ।

लद्दाख सधैं केन्द्र शासित क्षेत्र रहनेछ भने जम्मु कश्मिरमा पछि विधानसभा गठन गर्ने प्रस्ताव गरिएको छ ।

हालका लागि भने जम्मु कश्मिरमा पनि राष्ट्रपति शासनअन्तर्गत् ‘लेफ्टिनेन्ट गभर्नर’ले शासन गर्नेछन् ।

विशेषाधिकार खोसिएसँगै जम्मु कश्मिरका जनताका लागि विशेषखालको आरक्षणको व्यवस्था गरिने पनि मोदी सरकारले घोषणा गरेको छ ।

स्वतन्त्र भारतको इतिहासमा मोदी सरकारले चालेको यो कदमलाई ‘ऐतिहासिक’ र ‘भयंकर’ भनिएको छ ।

विपक्षी कांग्रेस र कश्मिरका पार्टीहरुले निर्णयको चर्को आलोचना गर्दै मोदी सरकारले ‘संविधानको हत्या’ गरेको आरोप लगाएका छन् ।

नजरबन्दमा रहेकी जम्मु कश्मिरकी पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले मोदी सरकारको यो निर्णयलाई भारतीय लोकतन्त्रका लागि ‘कालो दिन’ भनेकी छन् ।

तर, बहुजन समाजवादी पार्टी, आम आदमी पार्टीलगायतका विपक्षी दलहरुले भने निर्णयको स्वागत गरेका छन् । भाजपाका सहयात्री दलहरुले खुलेरै स्वागत गरेका छन् ।

भारत र पाकिस्तानबीचको दुश्मनीको मुख्य विषय पनि यही कश्मिर रहँदै आएको छ ।

पाकिस्तान कश्मिरको मुद्दालाई अन्तर्राष्ट्रिय मुद्दाकारुपमा स्थापित गर्ने र राष्ट्रसंघको मध्यस्थतामा जनमतसंग्रह गराउने पक्षमा छ भने भारतले उक्त प्रस्ताव सुन्न पनि चाहँदैन ।

पछिल्लो कदमले मोदी सरकार कश्मिर मामिलामा स्पस्ट रणनीतिका साथ अघि बढ्दैछ भन्ने प्रस्ट छ । तर, यो विषयको स्थायी अवतरण कसरी हुन्छ भन्ने अनुमान गर्नुचाहिँ हतार हुन्छ ।

भारत सरकारले चालेको कदमको विरोध गर्दै पाकिस्तानले यो विषयलाई संयुक्त राष्ट्र संघमा उठाउने चेतावनी दिएपछि भारतले भने त्यसको पक्षमा समर्थन जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग छलफल तीव्र बनाएको हो ।
जम्मु–कश्मीरका सम्बन्धमा छलफल गर्न आगामी साता विदेशमन्त्री एस जयशंकर चीन जाने बताइएको छ ।

सरकारी निर्णयसँगै विदेश सचिव विजय शेखर गोखलले संयुक्त राष्ट्र संघका सुरक्षा परिषद्का प्रमुख स्थायी सदस्य राष्ट्रहरु अमेरिका, चीन, बेलायत, फ्रान्स र रुसलगायतका दिल्लीस्थित दूतहरुसँग जम्मु–कश्मीरका सम्बन्धमा चालिएको कदमका बारेमा छलफल गरेका थिए ।

त्यसैगरी मन्त्रालयका अन्य उच्च अधिकारीहरुले पनि अरु मुलुकका प्रतिनिधिलाई पनि भेटेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस क्रममा भारतीय अधिकारीहरुले सरकारको यो निर्णय आन्तरिक भएको र यसका पछाडि जम्मु–कस्मिर क्षेत्रमा सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई प्रवद्र्धन गर्नु रहेको बताएका थिए ।

पछिल्लो समय अमेरिकाले जम्मु–कश्मीरको विशेषमा चासो देखाउँदै आएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement