Advertisement

कन्याममा ‘देउराली हाइकिङ’, सूर्योदय महोत्सवबाट शुभारम्भ

1 दिन अगाडी

काठमाडौं । नेपालमा विस्तारै चिया पर्यटन(टी एन्ड टुरिज्म)को अवधारणा अनुरुप प्रवद्र्धनका कामहरु हुन थालेका छन् ।

विशेषगरी इलाम र धनकुटामा चिया पर्यटनको अभ्यास सुरु भएको हो ।

इलाम सदरमुकामस्थित चिया बगानभित्र रेलिङ तथा पोखरी निर्माण भइसकेको छ । कन्याममा पनि रेलिङ तथा विसौनी निर्माण भइसकेको छ ।

‘टी टेष्टिङ’ का कार्यक्रमको निरन्तरता तथा चियाबारी भित्र होटल तथा रिसोर्टहरु खुल्नेक्रम सुरु भएको छ ।

यसै सिलसिलामा पूर्वको चर्चित पर्यटकीय स्थल कन्याम चिया बगान भित्र ‘देउराली सर्ट हाइकिङ’ सुरु भएको छ । चियावारी भित्र छोटो दुरीको हाइकिङ पहिलो पटक कन्याममा सुरु भएको हो ।

‘प्रथम सूर्योदय पर्यटन महोत्सव–२०१९’को अवसर पारेर औपचारिक रुपमा हाइकिङ सुरु गरिने सूर्योदय पर्यटन महोत्सव अन्तर्गत कन्याम क्षेत्रका क्षेत्रीय संयोजक टेकराज गिरीले जानकारी दिए ।

‘हामीले चिया बगानभित्रको पुरानो रुटलाई पहिचान गरी करिब दुई किलोमिटर हाइकिङ रुट तयार पारेका छौं, हाल अभ्यासको चरणमा छौं’, उनले भने, ‘चिया पर्यटनको अवधारणा अनुरुप पर्यटक भूल्याउने हाम्रो प्रयास हो ।’

कन्यामको हुरहुरे भन्ज्याङ वा हर्कटे आसपासको क्षेत्रबाट सुरु गर्नेगरी चिया बगानको डाँडैडाँडा हाइकिङको रुट पहिचान गरिएको छ ।

मेची राजमार्ग नजिकै चिया बगानको ताप्लोबाट करिब दुई किलोमिटर हाइकिङ गर्न सकिने ब्यवस्था छ ।

कन्याम पुगेका पर्यटकहरुका लागि जातीय पहिरन, घोडचढी, फोटो सेसनसहित हाइकिङको अवधारणा विकास गरिएको संयोजक गिरीको भनाई छ ।

‘हामीले पहिचान गरेको हाइकिङ रुटबाट पर्यटकले नेपाल र भारत दुवैतर्फका समथर फाँटहरुको अवलोकन गर्न पाउनेछन् साथै कन्चनजंगालगायत हिमश्रृंखलाको मनोरम दृश्यमा रमाउन पाउनेछन’, स्थानीय अगुवा लेखनाथ दाहालले भने,‘कन्यामलाई महोत्सवमार्फत पृथक तरिकाले चिनाउने प्रयासमा छौं ।’

हाइकिङ बाहेक पर्यटकले कन्याममा शहीद पार्क, मिर्मिरे र देउराली डाँडाबाट सूर्योदय, चिया कारखानाको अवलोकन, मौलिक परिकारको स्वाद लिने गरेका छन् ।

चीन, जापान, केन्या, श्रीलंका, भारतलगायतका देशहरुमा चिया पर्यटनको अवधारणा अनुरुप, टी–टेस्टिङ सेरोमनी, टि गार्डेन हाइकिङ, चियाबारी भित्र पार्क तथा कटेज निर्माण, चिया रोपाइ, टिपाइ, प्रशोधन, किसानको जीवनशैली आदी बुझ्न बर्षेनी हजारौं पर्यटकले भ्रमण गर्ने गरेका छन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement