Advertisement

एमाले पार्टी फुटको संघारमा, टिकट वितरणले असन्तुष्टी चुलियो


काठमाडौं । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेस केन्द्रीतलगायतका दलहरुमा फुट, गुट र जुट हुनु अस्वभाविक मान्न छाडिएको छ । किनकी यी दलहरुमा आन्तरिक विभाजन आउनु अनि एकता भइहाल्नु अनौठो रहेन् ।

तर मजबुद संगठन, अनुशासन र जिम्मेवारीबाट विचलित नहुने र नेतृत्वको निर्णयलाई सर्बोपरी ठान्ने मानिएको नेकपा एमालेभित्र आन्तरिक विचलन र विद्रोहको संकेतहरु देखा पर्न थालेका छन् ।

एमालेमा प्रष्ट रुपमा दुई धार देखा परिसकेका छन् । किनकी पूर्व अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपालद्वारा बेलामौका सार्बजनिक कार्यक्रमहरुमा अभिब्यक्त हुने गरेका अध्यक्ष केपी ओलीका कार्यशैलीविरुद्धका शब्दहरुबाटै धार विभाजको आंकलन गर्न सकिन्छ ।

त्यतिमात्र नभइ करिब १९ बर्षपछि भएको पहिलो चरणको स्थानीय निर्बाचनमा उम्मेदवारको टिकट वितरणमा देखिएको असन्तुष्टी र फरक मतले एमालेमा भुसको आगोझैं विद्रोही भावनाहरु फैलिन थालेका छन् । अध्यक्ष ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव नेपाल र झलनाथ खनाल ओलीसँग रुष्ट हुँदै आइरहेका छन् ।

ओलीको छुद्र बोली, उग्रराष्ट्रवादी नारा, आफूसँग नजिक नभएका भनिएका शिर्ष नेताहरुलाई जिम्मेवारी र अवसर नदिने रणनीति अपनाउनु एमालेभित्र बढेको विद्रोहको एउटा अंश मानिन्छ ।

ओलीले पार्टी संगठनभित्र ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र पूर्वसभामुखका रुपमा चिनिएका ओलीका विश्वासपात्र सुवास नेम्वाङलाई चेपेर माधव र झलनाथका नेता कार्यकर्तालाई पार्टीभित्र दमन गर्न थालेपछि खनालले यस्तै रहेमा पार्टी विभाजनको संघारमा पुग्ने चेतावनी समेत दिदैं आइरहेका छन् ।

ओलीले पार्टीलाई प्राइभेट कम्पनीको रुपमा चलाएको र आफूखुसी निर्णय गर्दै आएको भन्दै वरिष्ठ नेता समेत रहेका झलनाथ खनालले हालै एक सार्वजनिक समारोहमार्फत ओलीको अत्याचार जारी रहे पार्टी फुट्नेसम्मको चेतावनी दिएको खबरहरु केही साप्ताहिक पत्रिकाहरुमा प्रकाशन गरेपछि पार्टीभित्र असन्तुष्टी झाँगिएको बुझिन्छ ।

ओलीले पार्टीलाई संस्थागत भन्दा पनि कोटरीको आधारमा चलाएको, गुटलाई संरक्षण गरेको, उचित जिम्मेवारी नदिएको तथा अराजकता मच्चाएको आरोपहरु लागिरहेको छ । ओली अध्यक्षमा निर्बाचित भइसकेपछि संसदीय दलकोे नेता चयनका क्रममा देखिएको ध्रुविकरणले एमालेभित्र गम्भीर समस्या रहेको भनेर विश्लेषण गरिएको थियो । 

त्यतिमात्र नभई अन्य शिर्ष दलहरुलाई सत्तोसराप गाली गर्ने, मधेसी दलहरुलाई अविवेकी शब्दहरु प्रयोग गरेर मधेसमा एमालेलाई सखाप पारेको आरोप ओलीलाई लाग्दै आइरहेको छ । यसका कारण ओलीको अराजकतालाई ठेगान लगाउन कार्यकर्ता उठ्नुपर्ने नत्र भने पार्टी फुटाउन नै तयार हुनुपर्नेसम्मका आवाजहरु उठ्न थालेका छन् ।

त्यसो त ओलीको कार्यशैलीप्रति अर्का नेता माधव नेपाल समेत सन्तुष्ट हुन सकेका छैनन् । नेपालले त ओलीविरुद्ध मोर्चाबन्दी नै सुरु गरिसकेको एमालेभित्रै चर्चा हुने गरेको छ । ओलीको ज्यादतीलाई नियन्त्रण गर्न पनि मोर्चाबन्दी जरुरी रहेको उनको ठहर छ ।

करिब एकबर्ष अघि तुलसीलाल स्मृती प्रतिष्ठानको एक कार्यक्रममा बोल्दै नेता नेपालले भनेका थिए,‘ओलीविरुद्व बिष्फोटकै चरणमा म पुगिसकेको छु, उनले आसेपासेलाई मात्र स्थान दिए ।’ यसरी कडा रुपमा प्रस्तुत भएका नेपालले आफ्नो छुट्टै खेमा नै तयार गरेर ओलीलाई कमजोर बनाउने अभियान चलाएको एमालेभित्रका एकथरी कार्यकर्ताहरुको बुझाइ छ ।

केन्द्रीय कमिटिको हरेक बैठकमा पनि गुठबन्दी रोक्न नेतृत्वलाई दबाब पर्ने गरेको छ । पार्टी विधान, नीति र कार्यक्रम विपरितको गतिविधी गर्नेलाई कडा कारवाही गर्न आवाज उठ्ने गरेको भए पनि त्यसको कार्यान्वयनमा जटिलताहरु देखिएका छन् । स्थानीय निकायको पहिलो चरणको निर्बाचनमा अग्रता राखेको एमालेलाई दोस्रो चरणको निर्बाचनमा नेता तथा कार्यकर्तालाई सन्तुलिन रुपमा व्यवस्थापन गर्न हम्मे परिरहेको बुझिएको छ ।

भातृ संगठन र संस्थामा गुट

नेकपा एमालेका भातृ संगठनभित्र पनि गुटबन्दी चरम स्तरमा छ । संगठनमा बर्षौदेखि दुःख गरेका कार्यकर्ताहरुलाई अवसर नदिने र नेतृत्वमा नल्याउने खतरानक खेल नै हुने गरेको छ । संगठनमा लामो समय संघर्ष गरेका रामकुमारी झाँक्री, राजेन्द्र राई, ठाकुर गैरे, नवराज पौडेललागयतका सक्षम नेताहरु नेतृत्वको पूर्वाग्रहका कारण गुमनाम छन् ।

त्यतिमात्र होइन् एमालेका प्रतिष्ठित नेताहरु पुष्पलाल श्रेष्ठ, सहाना प्रधान, मदन भण्डारी, मनमोहन अधिकारीका नाममा खोलिएका संस्था मार्फत अर्को गुटवन्दीको पनि हावी देखिएको छ । संस्थापन पक्षका बामदेव गौतम, सुवास नेम्वाड, इश्वर पोखरेल, शंकर पोखरेल ब्यक्तिगत गुट बनाउन भएको चर्चा छ भने नेपाल पक्षका झलनाथ खनाल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई ब्यक्तिगत गुट बनाउन सक्रिय रहेको बताइन्छ ।

गुटबन्दी रोक्न नियमावली

एमालेभित्र मौलाएको गुटबन्दी रोक्न पार्टीको नियमावली नै संशोधन नै गर्नुपर्ने अवस्था पनि नआएको होइन् । केन्द्रदेखि जिल्ला हुँदै क्षेत्रसम्म र हरेक जनवर्गीय संगठनमा गुटबन्दी मौलाएपछि एमाले नेतृत्व कठोर बन्दै नियमावली नै संशोधन गर्ने अवस्थामा पार्टी पुगेको थियो ।

करिब एकबर्ष अघिको एककेन्द्रीय कमिटीको बैठकले गुटबन्दी रोक्न १० बुँदे विशेष प्रस्ताव पारित गर्दै नियमावली संशोधन गर्ने निर्णय नै गर्नुपरेको थियो ।  एमालेले गुटको आधारमा प्यानल बनाएर निर्वाचन लड्न समेत निषेध गरिसकेको छ । पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका कठोर निर्णय गर्ने अवस्थामा पार्टी पुग्ने गरेको छ । यद्यपी, लोकतान्त्रिक संस्कार पालना गर्ने दलभित्र दमन गर्ने प्रबृत्तिको खुलेर विरोध पनि भइरहेको छ ।

टिकट वितरणमा रडाको

पहिलो चरणको स्थानीय तहको निर्वाचनताका काठमाडौं जिल्ला कमिटि विभाजित हुनु एमालेभित्र गुटको राजनीति मौलाएको बुझ्न गारो पर्दैन् ।  पार्टी भित्रको विबाद चर्केपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काठमाडौंमा समानान्तर कमिटी नै बनाएर रडाको मच्चाएका थिए । 
केपी ओली समूहले आफूहरुलाई पेलेका कारण पार्टीमा समानान्तर कमिटी गठनको अभ्यास शुरु भएको नेपाल पक्षको आरोप थियो । यद्यपी, एमालले काठमाडौं महानगरका लागि छनोट गरेको मेयरका उम्मेदवारले भने राम्रो प्रतिफल दिएका छन् ।

यता, एमालेका पूर्व अध्यक्ष झलनाथ खनालको गृहजिल्ला इलाममा पनि उम्मेदवारी विवतरणमा केही असन्तुष्टीहरु देखिएका छन् । ओलीपक्षले एकोहोरो पेलेर हरेक स्थानीय तहमा आफ्ना मान्छे सेट गरेपछि इलामका चार नगरपालिकामा विवाद उत्पन्न भएको बताइन्छ ।

झलनाथ र सुभाष नेम्बाङबीचको गुट फरक फरक भएकाले विवाद झाँगिएको बुझिन्छ । झलनाथको क्षेत्र मानिने सूर्योदय नगरपालिकामा बर्षौ गाउँमा खटिएका व्यक्तिलाई उम्मेदवार दिनुभन्दा पनि ‘टुरिष्ट’ नेतालाई टिकट दिएकोमा अन्तरघात हुनसक्ने आंकलन गर्न थालिएको छ ।

सुबास र झलनाथकै क्षेत्रमा लफडा

एमालेभित्रको विवाद र गुठबन्दीको नमुना  पुर्व प्रधानमन्त्री झलनाथ खनाल र पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गको निर्वाचन क्षेत्रमै प्रष्ट देखिएको छ ।  पुर्व प्रधानमन्त्री समेत रहेका एमालेका बरिष्ठ नेता झलनाथ खनालको निर्वाचन इलाम क्षेत्र नम्बर १ मा उम्मेद्वार चयनका क्रममा कार्यकर्ताले तिब्र असन्तुष्टि छ ।

उम्मेद्वार छनौट गर्दा पार्टी संगठन र स्थानीय क्षेत्रमा काम गरेकालाई टिकट दिन भनेपनि पार्टी नेतृत्वले आफुहरुसँग घुलमिल नै नभएकालाई टिकट दिएको कार्यकर्ताको आरोप छ ।

एमालेभित्र सबैभन्दा धेरै सूर्योदय नगरपालिकाको उम्मेद्वार चयनका सम्वन्धमा असन्तुष्टी देखिएको छ । सुर्योदय नगरको मेयर उप मेयरको पदमा मात्र होइन वडाका पदमा समेत कार्यकर्ताले पार्टीप्रति कटाक्ष गरेका छन् ।

झलनाथ खनाललाई धेरै मत आउने एमाले पकड क्षेत्र मानिएको यो नगरपालिकामा टिकट दिँदा राम्रा कार्यकर्ता भन्दा पनि नातावाद र कृपावाद हावी हुँदै आफु निकटकालाई टिकट दिएको कार्यकर्ताको गुनासो छ । कार्यकर्ताले यतिसम्म भन्न थालेका छन्  ‘एमालेको मति बिग्रियो भने झलनाथ सकियो’

एमालेका बहुसंख्यक कार्यकर्ताले सूर्योदय नगरपालिकाको मेयरमा एमालेका क्षेत्रीय अध्यक्ष काजिमान कागतेलाई टिकट दिनुपर्ने माग गरेका थिए । तर, एमालेको प्रदेश नं १ को बैठकले आरबी राईलाई सुर्योदयको मेयरको रुपमा उठायो ।

काठमाडौंमा मेनपावर संचालन गरेर बसेका राईलाई टिकट दिएपछि कार्यकता आक्रोसित भएका हुन । पार्टीको कार्यक्रममा र सामाजिक क्षेत्रमा धेरै काम गरेर आफ्नो पार्टीका कार्यकर्ता मात्र नभइ अन्य दलको कार्यकताको मन जित्न सफल भनी चर्चा गरिएका काजिमान कागतेले टिकट नपाएपछि झलनाथको नामै लिन छोडेको एक कार्यकताले बताए ।

इलाममा झलनाथको पक्षको लाइनलाई बलियो बनाउन ज्यान दिएर लागेका कागते अहिले मेयरका उमेद्वार आर बी राईसँग एउटै मञ्चमा धेरैबेर बस्दैनन् र भाषण गर्दा झलनाथको नाम पनि लिदैनन् ।

कार्यकर्ताको छलफलमा कागतेले हामी २० वर्ष पछि परेछौँ, गल्ति गरियो भन्दै आएका छन् । चुनावी कार्यक्रममा कागते भाषण सकेर मञ्च छोडिहाल्छन् भने भाषणमा चालु आर्थिक वर्षमा केपि ओली सरकारले ल्याएको बजेटको प्रशंसा मात्रै गर्छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement