Advertisement

एनआरएन युकेको निर्वाचनले छुट्टै मोड लिदै

12 मिनेट अगाडी

लण्डन । आगामी १४ सेप्टेम्बर (भदौ२८) मा हुन गइरहेको गैरआवसीय नेपाली संघ(एनआरएन) युकेको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ ।
अध्यक्षका लागि पाँच दाबेदार मध्ये प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपानेले चुनावी मैदानमा नजाने र अध्यक्षमा सुनारलाई समर्थन गर्ने निर्णय गरेपछि चुनावी माहोल फरक र रोचक बन्दै गइरहेको छ ।

एनआरएन स्थापनाकालदेखि हरेक कार्यकालमा सल्लाहकारको जिम्मेवारी समाल्दै आएको र हाल एनआरएन यूकेको उपाध्यक्षको जिम्मेवारीमा रहेकाले अबको बाटो अध्यक्ष बाहेक अन्यत्र नहुने भन्दै सुनारले नेतृत्वका लागि दाबी गरेको बताएका छन् ।

एनआरएन स्थापनाको संस्थापक पञ्जीकृत सदस्य भएको नाताले एनआरएन यूकेमा आफ्नो अथक योगदान र क्रियाशिलता साथै शसक्त एजेन्डा अगाडी सारेकाले अध्यक्षमा आफ्नो जित निश्चित हुनेमा सुनार विश्वस्त छन् ।

गैर आवासीय नेपाली संघ यूकेको सदस्यता वितरण संयोजक रहेका सुनारले २०१७ देखि २०१९ कार्यकालमा सबैभन्दा ठूलो काम सदस्यता विस्तार अभियानलाई जोड दिएकाले बहुसंख्यक सदस्यहरुसँग आफू प्रत्यक्ष जोडिन पाएको, १० हजार पञ्जीकृत सदस्यता बढाउने अभियान संचालन गरेर एनआरएन यूके विश्वकै ठूलो बनाउन सफल भएको सुनारको दावी छ ।

विभिन्न मानवीय र मनकारी कार्य गरेर लोकप्रियता हासिल गरेका शेर सुनारले बेलायतका एक दर्जन भन्दा बढी संघ–संस्थामा आवद्ध भइ सेवा गरेको साथै एनआरएनएको सदस्यता नबिकरण गर्ने तथा नयाँ सदस्यता बनाउने प्रमुख संयोजकको जिम्मेवारी सफलापूर्वक पुरा गरी झन्डै १४ हजार सदस्यता बनाएर इतिहास रचेको दावा गरेका छन् ।

दोहोरो नागरिकता र गोर्खाहरुको पेन्सनको एजेन्डामा सक्रियता देखाएको, नेपालमा लगानी भित्र्याउन बहस चलाएको साथै एनआरएन युकेमा बरीयताका हिसाबले पनि आफू अगाडी रहेकाले आफूलाई अध्यक्षमा सबैले सहयोग गर्ने आशा सुनारले गरेका छन् ।


दुःख-पीडामा परेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई निरन्तर सहयोग गरेको, अल्डर्सट, फ्रान्बोरो र कम्बेरली वरपरका क्षेत्रमा पीडामा परेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई तथा अंग्रेजी भाषा बोल्न नजान्नेहरुलाई नेपालीमा दोभासे गरिदिने, स्वस्थ उपचारको लागि जीपी लगिदिने, बैंक अकाउण्ट खोल्न नसकेकाहरूलाई बैंक अकाउण्ट खोलिदिने, बेनिफिट नपाएकाहरुलाई स्थानीय काउन्सिलमा सम्पर्क गरी बेनिफिट दिलाइदिने, हाउजिङ बेनिफिट नपाएकाहरुलाई हाउजिङ तथा घर मिलाइदिने लगायत खान र बस्न नपाएकाहरुलाई घरमै लगेर खान बस्न दिएर पून्य काम गरेकाले आफू मतदाताको रोजाइमा परेको सुनारको भनाई छ ।


एनआरएन युकेको  चुनाबले छुट्टै मोड लिदै

पहिलेको युकेको निर्वाचन  केहि ठुलो संख्या भएका जातिले  बढी संख्या बनाउने अनि आलो पालो गर्ने, मन परेको लाई ल्याउने गरिन्थ्यो  अर्थात्  एनआरएन  युके मा धेरै संख्या भएको अमुक जाति  लामो समय देखि एकछत्र हालीमुहाली गर्दै अएका थिए ।

उसको आशिर्वाद पाए  लौरो उभ्याए पनि जिताउने चलन भएकोले एनआरएन  युकेमा जान तिनै कहा  लाम लागेर टिका थाप्ने चलन चलाइएको थियो ।  जसले गर्दा धेरै जसो  अल्पसंख्यक बर्ग र आम जन समुदाय एनआरएन युकेको मुलधारबाट अलग बस्न बाध्य  बनाइएको थियो  । यस्तो विकृति हटाउन अहिले  सबैको प्रयासले सबै छेत्रका करिब १४ हजार संसारकै ठुलो पंजीकृत सदस्य मुलुक बनाएर अल्पसंख्यक र जनजातिहरुको   प्रतिनिधित्वो गर्दै बर्तमान उपाध्यक्ष सेर सुनार अध्यक्षको प्रत्यासी भएका छन् ।

 सुनारको जित निश्चित जस्तै देखिएको छ ।  यसपाली  अमूक  जातिको भोटर संख्या  कुल पंजीकृत सदस्यको करिब ३०% पनि छैन त्यसैले कहिले मिडल्याण्ड कहिले अन्य  क्षेत्रका  अन्य जातिहरु संग हारगुहार गरेर आफ्नो उम्मेदवार जिताउन साँघुरो घेराका खेलाडीहरु हरतहरले लागेका छन । तर अहिले करिब १४००० को अपार जनसागर लाई  तिनले धान्न सक्ने छैनन्  , मतदाताले सेर सुनार लाई अत्यधिक मत दिएर विजय गराई साँघुरो घेराबाट निकालेर सबैको साझा एनआरएन  बनाउने कुरामा आम बेलायतवासी ढुक्क छन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement