Advertisement

एनआरएनए कतारको अध्यक्षमा तेज कटुवालको उम्मेदवारी, यस्ता छन प्रतिवद्धताहरु

3 मिनेट अगाडी

दोहा । गैरआवासीय नेपाली संघ,(एनआरएनए), एनसीसी कतारको अध्यक्षमा तेज कटुवालले उम्मेदवारी दिने भएका छन् ।

यहि २०१९ अगस्ट २३ मा  हुन लागिरहेकोे २०१९–२१ कार्यकालको निर्वाचनका इटहरीका कटुवालले नेतत्वमा दावी गरेका हुन ।

विभिन्न बुँदामा आफ्नो भावी कार्ययोजनासतिको मुद्दाहरु तयार पारेर उनी अध्यक्ष बन्ने दौडमा निस्किएका हुन् । २०५४ सालमा कतार प्रवेश गरेका उनीले एनआरएनएमा बसेर उल्लेख्य कामहरु गरेर प्रवासीको सेवा गर्न पाएको दावी गरेका छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष एवं संघसंस्था समन्वय समिति संयोजक भइसकेका उनले एनआरएनए कतारको कार्यवाहक महासचिब भए पनि जिम्मेवारी सम्हालिसकिसेका छन् ।

कतारमा क्रियाशिल आधा दर्जन सामाजिक संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कटुवालले आगामी दिनमा कतारमा एनआरएनएलाई कतारमा नेपालीहरुको शसक्त संगठनका रुपमा उभ्याउने प्रण गरेका छ ।

तेज कटुवालका प्रतिबद्धताहरु

१. संघको विधानले निर्दिष्ट गरे वमोजिम एउटा मजवुत सचिवालय समिति निर्माण गरी सम्पुर्ण सदस्यहरुलाई विभागिय जिम्मेवारी प्रदान गर्दै कार्य चुस्ततामा जोड दिनेछु । जिम्मेवारी वमोजिम कार्य मुल्यांकन गरि प्रोत्साहित, निर्देशन र सहयोग गर्ने निति लिनेछु ।

२. संघको विधान वमोजिम विभिन्न उप–समितिहरुको गठन गरि तिनको कार्यविधि निर्माण गर्नेछु । कार्यविधि वमोजिम उपसमितिहरुको कार्य प्रगतिको अर्धवार्षिक रुपमा आन्तरिक समिक्षा गरि कामलाई चुस्त र प्रभावकारी वनाउन निर्देशित गर्नेछु ।

३. पदाधिकारीहरु विच निरन्तर संवादका र संघ र समाजसँग आवश्यक सुचना आदान प्रदान, त्यसको व्यवस्थापन र आवश्यकता वमोजिम कार्यान्वयनलाई विशेष जोड दिनेछु ।

संघ तथा सामाजिक कार्यक्रमहरुः

१. विगतमा झैं एनसिसि र आईसिसिका कार्यक्रमहरु समावेश गरि एनआरएनए एनसीसी कतारले गर्दै आएका नेपाली भाषा, कला, संस्कृति विकास तथा सम्वद्र्धनलाई निरन्तरता दिनेछु ।   

२. समाजका स्थापित संघसंस्थाहरुको गुणस्तर विकास तथा समय सापेक्ष विभिन्न निकायहरुसँगको सहकार्यलाई प्राथमिकतामा राखेर सवै संस्थाहरुलाई समावेश गर्नेछु ।

३. राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका कार्यक्रमहरुमा सवै सामाजिक संस्थाहरुलाई समान भुमिका र ढंगवाट सहभागि गराउनेछु ।

४. श्रोत र साधनको परिचालन गरि २०१९ देखि २०२१ कार्यकालमा नेपाल प्रवद्र्न कार्यक्रम आयोजनालाई मुख्य प्राथमिकतामा राख्नेछु ।

५. श्रमिक कोषलाई अझ मजवुत वनाउदै श्रमिकहरुको हित प्रभावकारी भुमिका निर्वाह गर्नेछु र टिमलाई पनि सहभागि गराउनेछु ।

समाजको लागि दिर्घकालिन योजनाहरुः

१.  एनआरएनए एनसिसि कतार लाई एक गैर नाफामुलक साझा समाजिक संस्थाको रुपमा यस देशको कानुन बमोजिम दर्ता गर्ने विगत देखिको प्रयासलाई निरन्तरता दिनेछु ।

२. कतारमा नेपाली समुदायको प्रभावकारी उपस्थितिका साथै नेपाललाई प्रवद्र्धन गर्ने आधारको रुपमा ठानिएका सांस्कृतिक केन्द्र, नेपाली विद्यालय, नेपाली रेडियोको स्थापनार्थ समन्वयात्मक भूमिका निर्वाह गर्नेछु ।

अग्रज, अभियन्ता र आईसीसीसँगको सहकार्यः

१. “अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन”को निति अवलम्वन गर्नेछु ।

२. आईसीसीसँगको संवादलाई चुस्त, दुरुस्त र प्रभावकारी वनाउन संस्थागत र व्यक्तिगत दुवै सम्वन्धको भरपुर सहयोग गर्नेछु ।

३. “एनआएनए साँस्कृतिक दुत” भन्ने अभियानलाई अवलम्वन गर्दै आईसीसीका प्रत्येक योजना सफल पार्नका लागि कतारवासी नेपालीहरुको भुमिकालाई महत्वका साथ अघि सार्नेछु ।

४. “श्रमिकको आम्दानी, नेपालमा लगानी” भन्ने मुल नारालाई अघि सार्दै आईसीसीसँग समन्वय गरि मझौला उद्योगमा लगानीको वातावरण निर्माणमा पहल गर्नेछु । ठुला लगानीकर्ताहरुलाई प्रोत्साहित गर्दै ूएनआरएनए ईभेष्टमेण्ट फण्डू मा लगानी गर्न सहजिकरण गर्नेछु ।

आर्थिक व्यवस्थापनः

१. श्रमिकको पैसा श्रमिक कै हितमा लगानी गर्नेछु ।  यसका लागि “श्रमिकको हित, एनआरएनएको जित” नारालाई अघि सारेको छु ।

२. अनुमानित वजेट वमोजिम आर्थिक व्यवस्थापनका लागि आन्तरिक, अभियानका अग्रजहरु र संघका शुभेच्छुकहरुसँग सहयोग संकलन गर्नेछु । यसरी संकलन गरि एउटा प्रशासनिक खर्च र सामाजिक खर्चको व्यवस्थापन गर्नेछु ।

३.संघमा उपलव्ध रकम तथा श्रोतलाई मितव्ययी र पारदर्शी तरिकाले सदुपयोग गर्न वैंकिंग प्रणालीको निरन्तरता तथा संस्थाको आर्थिक पक्ष सरलिकृत गर्नका लागि अध्यक्षको भुमिका मार्फत व्यक्तिगत रुपमा आर्थिक योगदान गर्नेछु । त्यसमा कार्यसमिति पदाधिकारी र अग्रजहरुलाई पनि समावेश गर्नेछु ।

४. संघमा हाल विद्यमान विभिन्न कोषहरुको प्रभावकारी संचालन तथा तिनको व्यवस्थापनमा विधि, विधान र नियमावलीको अधिनमा रहि प्रभाकारी कार्यक्रमहरु संचालन गर्नेछु ।

५. सहभागिता मुलक आर्थिक योगदानको निति अबलम्बन गरेर एनसीसीको कोष र श्रमिक कल्याणकारी कोषलाई दरिलो बनाउ अधिकतम प्रयास गर्नेछु ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement