Advertisement

उत्तर कोरियाबाट नेपालमा साइबर हमला हुन सक्ने !

5 मिनेट अगाडी

काठमाडौं । उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले बीबीसीसँग पुष्टि गरेका थिए।

यस्तो खबर सार्वजनिक भएपछि नेपालमा पनि हुनसक्ने सम्भावित त्यस्तो हमला रोक्न विभिन्न खाले उपयाहरू अपनाउन वित्तीय संस्थाहरूलाई जानकारी गराइएको अधिकारीहरूले बताए ।

उत्तर कोरियाले नेपालको एउटा ब्याङ्कबाट पनि ठूलो रकम ह्याकिङमार्फत् लगेको पुष्टि भइसकेकाले पनि सतर्कता अपनाउन आह्वान गरिएको अधिकारीहरू बताउँछन्।
साइबर सुरक्षाको जाँच गर्ने सेवाप्रदायकहरू नेपालमा साइबर हमला हुने सम्भावना धेरै रहने गरेको बताउँछन्।

उनीहरूका अनुसार उत्तर कोरिया मात्र नभई विश्वभरिबाटै नेपालमा साइबर हमला हुनसक्ने सम्भावना धेरै रहेको छ।

एकजना साइबर सुरक्षा सेवाप्रदायक शरद लामिछाने भन्छन्,‘नेपालको सूचना प्रविधिसम्बन्धी सुरक्षा कमजोर अवस्थामा रहेको छ। त्यसले गर्दा धेरैले यहाँ हमला गर्ने सम्भावना रहन्छ ।’

उनका अनुसार नेपालमा भाइरस आक्रमण र ह्याकिङ धेरै हुने गरेको छ।
त्यस्तै अनलाइनबाट हुने ठगी र झुक्याएर रकम असुल्ने जस्ता कार्य हुने गरेको लामिछानेले बताए।

कतिपय ह्याकरहरूले नेपालको कम्प्युटर प्रणालीलाइ ुप्रोक्सीु बनाएर अन्यत्र हमला गर्ने गरेको पनि देखिएको कतिपय प्राविधिकहरू बताउँछन्।

नेपाल सरकारले विकास भएका नयाँ प्रविधिहरूलाई समेट्ने गरी नीति नियमहरू नबनाउदा कतिपय अवस्थामा साइबर खतरालाई समयमै पहिचान गर्न समाधान गर्न अप्ठेरो हुने गरेको लामिछानेको तर्क छ।

सरकारले करिब एक महिनाअघि मात्र नेपालमा हुनसक्ने साइबर हमलाहरू रोक्ने तथा आक्रमणहरूको पूर्वसूचना सङ्कलन गर्ने भन्दै राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरेको छ।

उक्त केन्द्रका लागि पनि जनशक्ति अभाव मुख्य चुनौती हुने विज्ञहरूले बताउँदै आएका छन् ।

सरकारी अधिकारीहरूले चाहिँ उक्त केन्द्र सञ्चालनका लागि उपयुक्त जनशक्तिको व्यवस्थापन गरिरहेको बताउने गरेका छन् ।(बीबीसी नेपाली सेवाबाट)


Share this with your friends:


Advertisement
Advertisement

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement