दर्पण अर्थात ऐनाले प्रकाशलाई परावर्तन गराउँछ । त्यसैले समाजलाई, देशलाई अनि संसारलाई परावर्तन गराउन, नेपाल र विश्वभर छरिएका नेपालीको ऐना बनेर हामी आएका छौं । अनलाइन पत्रकारितामा हाम्रो प्रवेश नेपाल भित्रका नेपालीका निम्ती मात्र नभइ विश्वभर छरिएका गैर आवासीय नेपालीहरुको ऐना बन्नका लागिका लागि हो ।
नेपालको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रका वास्तविकताको चित्रण गर्नका लागि ‘दर्पण संसार’ लिएर हामी उपस्थित छौं । नेपाली समाज भित्र र विश्वभरका नेपालीका दबिएका आवाजहरुलाई ‘दर्पण संसार’ भित्र अटाउने हाम्रो दृढ संकल्प छ । डिजिटल मिडियाप्रति विश्वभरका पाठक, दर्शकहरुमा देखिएको आकर्षणलाई प्रतिनिधित्व गर्न हामी उपस्थित भएका हौं ।
पत्रकारिताको आचार संहिता, मर्यादा र धर्मको परिधीभित्र रहेर हामी हाम्रो भूमिका निर्वाह गरिरहने छौं । यसका लागि होस्टेमा हैंसे थप्ने, हामीलाई जीवन्त राख्ने, मार्गनिर्देश गर्ने, हौसला र सुझाव दिने काम यहाँहरुको हो । यहाँहरुको सुझावलाई आत्मसाथ गर्दै हामी संधै समाजको दर्पण बनेर संघर्ष गरिरहने छौं ।
सम्पर्क
दर्पण संसार प्रा.लि.
अनामनगर, काठमाडौं
इमेल :[email protected]